विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काडमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले ४.५ मेगावाटको तल्लो इन्द्रावती जलविद्युत आयोजनाकाे निर्माण आगामी २ वर्षभित्र पूरा गर्ने लक्ष्य राखेकाे छ । ताेकिएकाे समयमा लक्षित प्रगति हासिल गर्न नसकेकाे भन्दै यसअघि खारेज भएकाे आयाेजनाले पुनः अध्ययन अनुमतिपत्र प्राप्त गरी काम गरिरहेकाे छ । पहिले पनि निर्माणकाे केही हिस्सा सम्पन्न भइसकेकाे हुँदा बाँकी काम लक्षित समयभित्र पूरा लक्ष्य तय गरिएकाे छ ।

कम्पनीले अघि बढाएको आयोजना करिब ४० प्रतिशत निर्माण सम्पन्न भइसकेपछि अनुमतिपत्र खारेज गरेर सरकारको बास्केटमा राखिएको थियो । आयोजना निर्माण गरी सञ्चालन हुने अवधिभरका लागि ६२ करोड रुपैयाँ तिर्ने गरी  २०७८ असारमा नै अनुमतिपत्र पुरानै कम्पनीलाई दिने आशयपत्र (लेटर अफ इन्टेन्ट–एलओआइ) जारी गरेको थियो ।

आशयपत्र जारी भएपछि कुनै कम्पनी दाबी विरोध गर्न नआएपछि नेशनल हाइड्रोले अनुमतिपत्रका लागि विभागमा आवेदन दिएको थियो । विभागले आवेदन दिएपछिको प्रक्रिया पूरा गरेर कम्पनीको नाममा आयोजनाको अनुमतिपत्र जारी गरी निर्माण गर्न बाटो खोलिदिएको थियाे ।

कम्पनीले याे आयाेजनाकाे अध्ययन पूरा गरी निर्माण अनुमतिका लागि विभागले आवेदन दिएकाे छ । बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा रहेकाे इन्द्रावती तेस्रो जलविद्युत आयोजनाको टेलरेसबाट निस्केको पानीकाे प्रयाेग गरी साेही खोलाको दायाँ किनारमा मुख्य संरचनाहरू रहने गरी डिजाइन तयार पारिएकाे आयोजनाकाे निर्माण अनुमति दिन अन्तिम चरणकाे काम भइरहेकाे विभागले जनाएकाे छ । विभागका अनुसार उक्त आयोजना निर्माण गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सरोकारवालाहरूलाई ३५ दिन भित्र लिखित राय/सुझाव पेश गर्न आग्रह गरिएको छ ।

यस आयोजनाबाट वार्षिक सरदर २९.९८ गिगावट घन्टा विद्युत उत्पादन हुनेछ । विद्युतगृहमा जडित २ वटा फ्रान्सीस टर्वाइन (२.३५मेगावाट) र २ वटा ३ फेज जेनेरेटर (२.६५ मेगावाट) मार्फत ४.५ मेगावाट विद्युत उत्पादन गरिनेछ र त्यहाँबाट निस्केको पानीलाई ५० मिटर लामाे टेलरेसबाट पुन इन्द्रावती खोलामा छाडिनेछ । 

आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको २०० मिटर लामाे ६६ केभी सिंगल सर्किट प्रसारण लाइन मार्फत पाँचखाल सबस्टेसनमा जाडिनेछ । आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) र कनेक्सन एग्रिमेन्ट (प्रसारण सम्झौता) सम्पन्न भइसकेकाे छ । आयोजना निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, वायु प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखित प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३