विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सुनकोसी–मरिण डाइभर्सन आयोजनाको सुरुङको आज (वैशाख २६ गते) ‘ब्रेक थ्रु’ हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्ने भएका छन् । यसका लागि उनी मंगलबार नै सिन्धुली पुगिसकेका छन् ।

कार्यक्रममा प्रधानमन्त्रीसहित ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री वर्षमान पुनलगायत विशिष्ट सरकारका मन्त्रीहरूसमेत सहभागी हुने भएका छन् । 

त्यस्तै, रामेछाप र सिन्धुलीका सङ्घीय तथा प्रदेश सांसद, राजनीतिक दलका नेताहरू, सरोकारवाला सबैलाई निम्ता गरिएको आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिएका छन् । 

कार्यक्रममा टनेल बोरिङ मेसिन (टिबिएम) निर्माण कम्पनी रोबिन्सन तथा निर्माण व्यववसायी चाइना ओभरसिज इन्जिनियरिङका उच्च अधिकारी र यहाँस्थित विभिन्न मुलुकका राजदूतलाई पनि निम्त्याइएको छ । 

आयोजना प्रमुख बरालका अनुसार सुनकोसी–मरिण डाइभर्सन सुरुङको कुल लम्बाइ १३.३ किलोमिटर छ । सुरुङ निर्माणका लागि टिबिएम प्रयोग गरिएका कारण १९ महिनामै खनेर छिचोल्न लागिएको हो । सुरुङको ‘ब्रेक थ्रु’ भएपछि अरु बाँकी काम पूरा गर्न अझै १ वर्ष लाग्ने छ । सुरुङ निर्माणको काम २०७९ असोज २८ गते सुरु भएको थियो ।

सुरुङ निर्माणको ठेक्का चाइना ओभरसिजले ११ अर्ब २९ करोड रुपैयाँमा ठेक्का पाएको थियो । सुरुङको ब्रेक थ्रु हुन लागे पनि बाँध तथा विद्युत् गृहको काम लक्ष्यअनुसार हुन सकेको छैन ।

बाँध तथा विद्युत गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इन्जिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले काम गरिरहेको छ । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन सुधार गर्न आयोजनाले पटक पटक निर्देशन दिएको छ । विसं २०८४ असोजमा सो आयोजना पूर्ण रुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

विद्युत प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भइसकेको छ । सुनकोसी–मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बीपी राजमार्गको ९०० मिटर भाग सार्नुपर्ने भएको छ । 

सुनकोशी गाउँपालिका–७ कानढुङ्गीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोसी नदीलाई मरिण खोलामा लगिनेछ ।

सुनकोसीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यसपछि बाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्य छ । 

एक महिनामै १ हजार २०० मिटर सुरुङ मार्ग खनेर विश्व रेकर्ड राख्ने विषयमा समेत आयोजनाले छलफल गरिरहेको छ । भौगोलिक हिसाबले चुरे पहाड र महाभारत पर्वतमा पर्ने क्षेत्रमा पनि १ महिनामै १.२ किलोमिटर सुरुङ खनेकाले रेकर्डको लागि पहल भइरहेको बरालले बताए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० गते सुनकोशी मरिण डाइभर्सनको शिलान्यास गरेका थिए । आयोजनाको प्रारम्भिक लागत ४६ अर्ब १९ करोड रुपैयाँ अनुमान गरिएको थियो । तर, वृद्धि भएर अहिले ४९ अर्ब ४२ करोड पुगेको छ । 

हालसम्म आयोजनामा १३ अर्ब खर्च भएको छ र ३० प्रतिशत भौतिक प्रगति भएको छ । गत आवमा ५ अर्ब ४१ करोड खर्च भएको थियो ।

बागमती सिँचाइ आयोजनाबाट सिँचाइ भइरहेको रौतहट र सर्लाहीको ४५ हजार ६०० हेक्टर र बारा, रौतहट, धनुषा र सर्लाहीका थप भूगाग गरी जम्मा १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ पुर्‍याउने आयोजनाको उद्देश्य छ । 

आयोजनाबाट ३१.०७ मेगावाट विद्युतसमेत उत्पादन गर्ने लक्ष्य छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit