विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । कस्मिक इलेक्ट्रिकल इन्जिनियरिङ एसोसिएट प्रालि मुख्य कन्ट्रयाक्टर रहेको हिले र टुम्लिङटारको सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ। हिले र टुम्लिङटार क्षेत्रको विद्युत आपूर्तिको गुणस्तर सुधार तथा विकास गर्ने उद्देश्यले निर्माण भएका सबस्टेसन अबको केही महिनामा चार्ज हुने अनुमान गरिएको ।

३३/११ के.भी, ६/८ एमभिए रहेको हिले सबस्टेसन र ३३/११ के.भी, ३ एम.भी.ए  को टुम्लिङटार सबस्टेसनमा सिभिल सम्बन्धी सबै निर्माण कार्य समाप्त भइसकेको कम्पनीले जानकारी दिएकाे छ । इलेक्ट्रिकल उपकरण भारतबाट आयात हुने क्रममा रहेकाे हुँदा इलेक्ट्रिकल उपकरण जडानको काम बाँकी रहेको  कस्मिक इलेक्ट्रिकलको साइट इन्जिनियर शैलेशकुमार यादवले बताए ।

इलेक्ट्रिकल उपकरण जडानका लागि उपकरणहरू भारतबाट आउनुपर्ने र यी उपकरण नेपाल भित्रिएर निर्माणस्थलमा पुगेपछि केही समयभित्र सबै काम पूरा हुने कस्मिकका प्रबन्ध निर्देशक महेश महतोले बताए । उनका अनुसार दुई महिनामा सम्पूर्ण उपकरण नेपाल आयात गरी सबस्टेसनमा जडान भइसक्ने छ ।

सबस्टेसनको निर्माणसँगै हिले र टुम्लिङटार क्षेत्रमा सुरक्षित प्रणालीको विकास, गुणस्तर विद्युत सेवा र आन्तरिक प्रसारण प्रसारण सुधार हुने अपेक्षा गरिएकाे छ । साथै, भोल्टेजमा स्थिरता हुनुका साथै, प्राविधिक चुहावट घट्ने प्राधिकरणकाे विश्वास छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit