विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जगदुल्ला हाइड्रो पावर कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन खुलेको छ । डोल्पाको जगदुल्ला खोलामा १०४ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना निर्माणकाे तयारी गरिरहेको कम्पनीले रिक्त पदपूर्ति गर्न आवेदन माग गरेको हो ।

खुल्ला प्रतिस्पर्धाबाट रिक्त पदपूर्ति गर्न आवेदन माग गरेको कम्पनीले जनाएको छ । यसका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातक गरेको र इन्जिनियरिङ बिषयमा स्नातकपछि जलविद्युत क्षेत्रमा कम्तीमा ४ वर्षको कार्य अनुभव हुनुपर्नेछ । साथै, पूर्वाधार क्षेत्र कम्तीमा १२ वर्षको अनुभव हुनुपर्नेछ ।

आवेदन दिनका लागि ३५ बर्ष पूरा गरी ६१ वर्ष ननाघेको हुनुपर्ने गरि उमेर हद तोकिएको छ । इच्छुक नेपाली नागरिकले १५  दिन (फागुन २८ गते) भित्र कार्यालय समयमा दरखास्त दिन सक्नेछन् ।

१०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि पूर्वतयारीको काम चलिरहेको छ । यो वर्ष तयारी सकेर आगामी वर्षबाट निर्माणका जाने योजना रहेको छ । २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजनाको सम्भाव्यता अध्ययन भइसकेको छ । वातावरणीय प्रभाव मूल्यांकन (इआइए) अन्तिम चरणमा पुगेको छ ।

आयोजनाले विद्युत विकास विभागबाट २०७४ मा अध्ययनका लागि सर्वे लाइसेन्स लिएर अध्ययन अघि बढाएको हो । डोल्पामा  निर्माण हुने आयोजनाको विद्युतगृह मुड्केचुला गाउँपालिका–४, इलमा निर्माण  हुने तथा जगदुल्ला गाउँपालिका वडा नम्बर १ र २ मा बाँध निर्माण हुने अध्ययनले देखाएको छ ।
काम सुरु गरेको करिब ६ वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको आयोजनाको करिब ७.१ किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित विद्युतगृहमा खसालिने अध्ययनले देखाएको छ ।

कूल ३०७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि भौगोलिक विकटताका कारण १०६ मेगावाटमात्र विद्युत उत्पादन गर्न सकिने गरी क्षमता अद्यावधिक (अप्टिमाइजेसन) गरिएको छ । आयोजना सम्पन्न भएपछि वार्षिक ६१५.३२ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit