विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । म्याग्दीमा ४० मेगावाटको राहुघाट जलविद्युत आयोजना निर्माण गरीरहेको रघुगंगा हाइड्रो पावर कम्पनी लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले ५ तहदेखि ८ तहसम्मका १४ स्थानको पदपूर्ति गर्न आवेदन खुल्ला गरेकाे हाे ।

आयोजना स्थलमा खटाउने गरी आवेदन खुल्ला गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार २ जना सिनियर सिभिल इन्जिनियर (तह ८), एक जना जियोलोजिस्ट (तह ७), २ जना सिभिल इन्जिनियर (तह ७), एक जना मेकानिकल इन्जिनियर (तह ७), एक जना इन्भारोमेन्टलिस्ट (तह ७), एक जना इलेक्ट्रिकल इन्जिनियर (तह ७), र एक जना इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियर (तह ७) माग गरिएको छ ।

यस्तै, ३ जना सिभिल ओभरसियर (तह ५), एक जना इलेक्ट्रिकल ओभरसेयर (तह ५) र एक जना मेकानिकल ओभरसेयर(तह ५) का लागि आवेदन खुल्ला गरिएको कम्पनीले जनाएको छ ।

इन्छुक व्यक्तिले सूचना जारी भएको मितिले दुई साता (माघ १० गते) भित्र आवेदन दिइसक्नु पर्ने कम्पनीले जनाएको छ ।आवेदकमध्ये शैक्षिक प्रमाणपत्र र सम्बन्धित क्षेत्रमा बढी अनुभव भएकाले रोजगारीको अवसर पाउनेछन् ।

आवेदकले बायोडाटा, फोटो, नेपाली नागरिकता प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, कार्य अनुभवको प्रमाणपत्रसहित आवेदन बुझाउनु पर्नेछ । आवेदकले कम्पनीको वेबसाइटमा उपलब्ध फारम भरी दरखास्त पेश गर्नुपर्नेछ ।

थप जानकारीका लागि

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit