काठमाडौं । विद्युत् उत्पादन कम्पनी लिमिटेड (भियुसियल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बखतबहादुर शाही नियुक्त भएका छन् । बुधबार (साउन १७ गते) को प्रस्तुतिकरण र अन्तर्वार्तापछि उनलाई कम्पनीको सञ्चालक समितिको बिहीबार बसेकाे बैंठकले सिइओ बनाउने निर्णय गरेको हो ।
कम्पनीको नियमावली, २०७३ (तेस्रो संशोधन) को नियम ३६ को प्रावधान अनुरुप हुने गरी नियुक्त गरेको कम्पनीले जनाएको छ । कम्पनीले गत जेठ ११ गते निकालेको विज्ञापनमा १३ जनाले आवेदन दिएका थिए ।
आवेदकमध्ये सर्टलिस्ट (छाेटाे सूची) मा ६ जना परेका थिए । सर्टलिस्टमा छविराज पोखरेल, देवेन्द्र केसी, नरेन्द्रसिंह भण्डारी, बखतबहादुर शाही, रणबहादुर थापा र राजु श्रेष्ठ गरेका थिए ।
सर्टलिस्टमा परेका ५ जनालाई पछि पार्दै शाही प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएको कम्पनीले जनाएको छ ।