विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रघुगंगा हाइड्रोपावर कम्पनी लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले ४ देखि ८ तहसम्मका ११ स्थानकाे अस्थायी पदपूर्ति गर्न कर्मचारी मागेकाे हाे । 

म्याग्दीमा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत आयोजना र कम्पनीकाे केन्द्रीय कार्यालयमा खटाउने गरी कर्मचारी याेग्य व्यक्तिबाट  आवेदन मागिएकाे छ । ८ तहमा ३ जना कर्मचारी मागिएकाे छ । यस तहका लागि एक एक जना सिभिल र इलेक्ट्रिकल इन्जिनियर तथा एक जना भूगर्वविद मागिएकाे कम्पनीले जनाएकाे छ ।

यस्तै, ७ तहका लागि एक जना सर्भे अधिकृत/सर्भे इन्जिनियर, दुई जना सिभिल इन्जिनियर र एक जना प्रशासकिय अधिकृत (जन सम्पर्क) को पदपूर्ति गर्न आवेदन खुलाइएकाे छ ।

५  तहका लागि २ जना कर्मचारीको पद रिक्त रहेको कम्पनीले जनाएको छ । सर्भेयर र जिन्सी व्यवस्थापन सहायकको रिक्त पदपूर्ति गर्न आवेदन माग गरिएको हाे । ४ तहका लागि २ जना जनसम्पर्क सहायकको पदपूर्ति गर्न आवेदन खुलाइएकाे छ ।

आवेदकमध्ये शैक्षिक प्रमाणपत्र र सम्बन्धित क्षेत्रमा बढी अनुभव भएकाले रोजगारीको अवसर पाउनेछन् । इन्छुक व्यक्तिले सूचना जारी भएको मितिले २ साता (फागुन २९ गते) भित्र आवेदन दिइसक्नु पर्ने कम्पनीले जनाएकाे छ।

आवेदकले बायोडाटा, फोटो, नेपाली नागरिकता प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, कार्य अनुभवको प्रमाणपत्रसहित आवेदन बुझाउनु पर्नेछ । आवेदकले कम्पनीको वेबसाइटमा उपलब्ध फारम भरी दरखास्त पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit