विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काडमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपीजीसीएल) र आईएमएस प्रालिबीच विद्युत् प्रसारणसम्बन्धी ‘ग्रिड कनेक्शन समझदारी’ पत्रमा हस्ताक्षर भएको छ । आईएमएस प्रालिले निर्माण गरिरहेको ३२५ मेगावाटको अपर जलविद्युत् आयोजनाको बिजुली आरपीजीसीएलले निर्माणका लागि प्रस्ताव गरेको नलगाड–मैनतडा (भेरी कोरिडोर) ४०० केभी प्रसारण लाइनअन्तर्गतको नलगाड ४००/१३२ केभी सबस्टेशनमा लाई जोड्न उक्त समझदारी गरिएको हो । 

समझदारी पत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्रप्रसाद ज्ञवाली र आईएमएस प्रालिका अध्यक्ष दीपककुमार मल्होत्राले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार उत्पादित विद्युत् देश तथा विदेशका भार केन्द्रहरूमा प्रसारित गर्न सकिने छ । 

आरपीजीसीएलका अनुसार भेरी नदी बेसिनमा पहिचान भई निर्माणका विभिन्न चरणमा रहेका जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न नलगाड–मैनतडा ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माणको प्रस्ताव गरिएको हो ।  करिब ७५ किलोमिटर लम्बाइको यो प्रसारण लाइनअन्तर्गत सुर्खेतको भेरीगङ्गा नगरपालिकामा मैनतडा सबस्टेशन र जाजरकोटको नलगाड नगरपालिकामा नलगाड सबस्टेशन रहनेछन् । 

नलगाड सबस्टेशनमा अपर भेरीसहित  १०६ मेगावाटको जगदुल्ला, २७० मेगावाट भेरी–१,  २०६ मेगावाटको भेरी–२ तथा अन्य जलविद्युत् आयोजनाका लागि एमओयू सम्पन्न भइसकेको छ । यी आयोजनासहित थप १८०० मेगावाट विद्युत् यो प्रसारण लाइनमार्फत केन्द्रीय प्रणालीमा जोडिने छ । 

कम्पनीका अनुसार भेरी कोरिडोर ४०० केभी प्रसारण लाइनको विस्तृत अध्ययन, डिजाइन, तथा वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भएको छ । 

आयोजनामा लगानीका लागि भारतको एक्जिम बैंकबाट करिब १३.५ अर्ब रुपैयाँ ऋण स्वीकृत हुने प्रक्रियामा छ । निर्माणका लागि आगामी माघमा टेन्डर आह्वान गरी आर्थिक वर्ष २०८७/८८ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । 

डोल्पाको दुनैसम्म विद्युत् पुर्‍याउने लक्ष्य राखिएको यो आयोजना कर्णाली प्रदेशको विकासका लागि महत्त्वपूर्ण आधारस्तम्भका रूपमा रहने कम्पनीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३