काठमाडौं । सरकारले मासिक १० करोड रुपैयाँ भन्दा बढी विद्युत खपत गर्ने उद्योगहरुलाई १५ प्रतिशतसम्म महसुल छुट दिने भएको छ ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदको दुवै सदनमा आगामी आव २०७९/८० को बजेट प्रस्तुत गर्दै उद्योगहरुलाई २ देखि १५ प्रतिशतसम्म महसुल छुट दिने बताएका हुन् ।