विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
नेपाल–भारत संयुक्त प्राविधिक टोलीको १४औं बैठक सम्पन्न

काठमाडौं । भारतको नयाँ दिल्लीमा बुधबार (असोज ३ गते) नेपाल–भारत संयुक्त प्राविधिक टोली (जेटीटी) को १४औं बैठक सम्पन्न भएको भएको छ । दुई देशका ऊर्जा अधिकारीहरूको बैंठकमा नेपाल र भारत बीचको अन्तर्देशीय प्रसारण लाइनको क्षमता बढाउन भारत सहमत भएको छ । ४०० केभीकाे ढल्केबर–मुजफ्फरपुर लाइनको क्षमता ८०० मेगावाटभन्दा बढी कायम गर्न भारत राजी भएको हो ।

यससँगै आउने दिनमा यस प्रसारण लाइनको प्रयोग गरेर ८००  मेगावाटभन्दा बढी विद्युत लैजान र ल्याउन सकिनेछ । बैठकमा नेपालले उठाएका अधिकांश विषयमा भारतीय पक्ष सहमत भएको छ ।

९०० मेगावाटको अरुण ३ को प्रवर्द्धकले निर्माण गरिरहेको ४०० केभीको ढल्केबर–सीतामढीे प्रसारण लाइन पनि नेपालले प्रयोग गर्न पाउने सहमति भएको छ । नेपालले लामाे समयदेखि लाइन प्रयाेग गर्न पाउन माग गर्दै आएको थियाे ।

यसैगरी, बैठकले १३२ केभी न्यू नौतनवा–मनैया लाइन  चालु आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने सहमति भएको छ । साथै, अन्तर्देशीय प्रसारण लाइनको पूर्ण उपयोग र फाइदा लिनको लागि ४०० केभीको पूर्व–पश्चित प्रसारण लाइन निर्माण सम्पन्न गर्नुपर्नेमा दुवै पक्ष सहमत भएका छन् । १३२ केभी कोहलपुर–नानपारा प्रसारण लाइन पनि यही आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउन सहमति भएको छ ।

नेपालले सुदूरपश्चिम क्षेत्रमा उत्पादित बिजुली टनकपुर हुँदै भारत निर्यात गर्ने प्रसारण लाइन निर्माणका लागि अनुरोध गर्दै आएकोमा दुवै देशका प्राविधिक टोली बैठकमा २२० केभी टनकपुर–महेन्द्रनगर लाइनकाे सम्भाव्यता अध्ययन गर्ने सहमति भएको छन् । हाल टनकपुरबाट १३२ केभीको प्रसारण लाइन मात्र भएकाले ७० मेगावाट बिजुली निर्यात हुन सक्छ ।

बैठकले आव २०२८/२९ सम्ममा ४०० केभी दोदोधारा–बरेली प्रसारण लाइन सञ्चालन गर्ने यसअघिको समय सीमालाई द्रुत गतिमा कार्यान्वयन गरी अघि बढाइने सहमति गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit