विद्युत अपडेट

  • प्राधिकरण : ७६३३ मे.वा.घन्टा
  • सहायक कम्पनी : २६०१ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२१६२ मे.वा.घन्टा
  • आयात : ११८६२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३६८१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८०१ मे.वा.
२०८१ ब‌ैशाख ३१, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको खुद नाफा घटेको छ । कम्पनीको चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्मको अवधिमा खुद नाफा घटेको हो । 

गत  वर्षको यही समय अवधिको तुलनामा करिब ५५ लाख ६ हजार ८ सय रुपैयाँ खुद नाफा घटेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ४.५ मेगावाटको तल्लो इन्द्रावती जलविदुत आयोजनाको अध्ययन तथा सुरुङ पुनःनिर्माण गर्नुपर्ने भएको खुद नाफा घटेको हो । 

यो अवधिमा कम्पनीले ८५ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यही समय अवधिमा १ करोड ४० लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यो अवधिमा ७.५ मेगावाटको इन्द्रावती–३ जलविद्युत गृहको विद्युत बिक्रीबाट हुने आम्दानी भने बढेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अवधिमा विद्युत बिक्रीबाट ५ करोड ५५ लाख १३ हजार ७ सय रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यही अवधिमा ५ करोड ४५ लाख ५ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

तल्लो इन्द्रावतीको अध्ययन अनुमति प्राप्त गरी आयोजनाको प्राविधिक तथा वातावरणीय अध्ययनको लागि परामर्शदाता नियुक्त गरी स्थलगत सर्वेको काम सम्पन्न गरेको कम्पनीले जनाएको छ । साथै, आयोजनाको भत्किएको सुरुङ तथा अन्य संरचनाको पुनः निर्माण कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit