विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । निलगंगा हाइड्रो पावर कम्पनी प्रालिले रामेछापकाे गाेकुलगंगा गाउँपालिका र दाेलखाकाे जिरी नगरपालिकामा अवस्थित  खिम्ती-घ्वाङखोलामा ९ मेगावाटकाे साना जलविद्युत् आयोजना निर्माण गर्ने भएकाे छ ।

कम्पनीले आयोजना निर्माण अघि बढाउन विद्युत विकास विभागसमक्ष उत्पादन अनुमतिपत्र माग गर्दै आवेदन दिएको छ । विभागले अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । विभागले कम्पनीकाे नाममा अनुमति जारी गर्न बिहीबार सूचना प्रकाशित गर्दै आयोजना निर्माण र सञ्‍चालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेस गर्न आग्रह गरेकाे छ ।

आयोजनाकाे प्रारम्भिक वावतरण अध्ययन प्रतिवेदन अनुसार आयोजनाकाे मुख्य संरचनाकाे खिम्ती खाेलाकाे बायाँ किनारमा निर्माण हुनेछ । १४९६ मिटर लामाे पाइपलाइनमार्फत पानीलाइ विद्युतगृहमा पुर्याइनेछ । विद्युतगृहमा जडित टर्वाइनसँग जाेडिएकाे जेनेरेटरमार्फत विद्युत उत्पादन हुनेछ ।

आयोजनाबाट वार्षिक सरदर ५०.०७ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । उत्पादित विद्युत ३३ केभी लाइनमार्फत ५.५ किलाेमिटर दुरीमा रहेकाे नेपाल विद्युत प्राधिकरणकाे गर्जाङ सबस्टेसनमा जाेडिनेछ । प्रतिवेदन अनुसार आयोजनाबाट २०८१ चैतसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit