विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण, पोखरा वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने सरकारी कार्यालयको लाइन काटेको छ । केन्द्रले माघ ७ गते (आज) बक्यौता महसुल नबुझाउने गण्डकी प्रदेशका दुई मन्त्रालय र एक सरकारी कार्यालयको लाइन काटेको हो ।

केन्द्रले महसुल नबुझाउने भूमि कृषि तथा सहकारी मन्त्रालय, पर्यटन उद्योग वाणिज्य आपूर्ति मन्त्रालय, र भूमि सुधार कार्यालयको लाइन काटेको केन्द्र प्रमुख राजिव सिंहले बताए । भूमि तथा कृषि मन्त्रालयका १८ हजार ३५८, पर्यटन तथा उद्योग मन्त्रालयको ९ हजार ३३६ र भूमि सुधार कार्यालयको ४७ हजार ६१७ रुपैयाँ महसुल बाँकी थियो ।

याे पनि पढ्नुहाेस ः विद्युत् महसुल नबुझाउने गण्डकीका तीन सरकारी निवासको लाइन काटियो

केन्द्रले चालु आर्थिक वर्ष (आव) साउन देखि माघ ५ गतेसम्मको अवधिमा २ हजार ६२१ ग्राहकको लाइन काटेको सिंहले बताए । उनका अनुसार यी ग्राहकबाट ४ करोड ५८ लाख १८ हजार ५९२ रुपैयाँ असुल गर्न बाँकी थियो ।

लाइन काटिएकामध्ये २ हजार १७६ ग्राहकको लाइन जोडिएको छ । यी ग्राहकबाट जरीवानासहित ३ करोड ७७ लाख २९ हजार २२६ रुपैयाँ असुल गरिएको पनि सिंहले जानकारी दिए ।  केन्द्रले ६० दिनभन्दा बढी बाँकी बक्यौता भएका ग्राहकहरूको लाइन काट्ने काम तिव्र गतिमा रहेको छ ।

याे पनि पढ्नुहाेस

विद्युत् महसुल नतिर्ने गण्डकीका १२ सरकारी कार्यालयको लाइन काटियो

पोखरा वितरण केन्द्रले २ कराेड बक्याैता नबुझाउने १२३६ ग्राहकको लाइन काट्यो

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit