विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २२० केभी मर्स्याङदी कोरिडोर प्रसारण लाइन आयोजनाकोे जैविक विविधता प्रभाव मूल्यांकन (बिआइए) र समष्टिगत प्रभाव मूल्यांकन (सिआइए) को मस्यौदा प्रतिवेदन सार्वजनिक गरेको छ । प्राधिकरण र वातावरण तथा सामाजिक अध्ययन विभागले तयार पारेको प्रतिवेदन यही माघ १९ गते सार्वजनिक गरिएकाे ह ।

मर्स्याङदी कोरिडोर प्रसारण लाइन मनाङदेखि लमजुङ, तनहुँ, गोरखा र चितवनलाई छोएर निर्माण अगाडि बढाइएको छ । हाल सञ्चालनमा रहेका, निर्माण क्रमका र निर्माण योजनाका पूर्वाधार तथा जलविद्युत आयोजनाबाट प्रसारण लाइनमा पर्ने प्रभावलाई सिआइएले समेटेको प्राधिकरणले जनाएको छ । अध्ययनले त्यस क्षेत्रका ३३ केभी सिंगल सर्किटदेखि ४०० केभी डबल सर्किटसम्मका ३१ वटा प्रसारण लाइन, ६१ वटा जलविद्युत आयोजना र ५ वटा राजमार्ग÷फिडर सडक आयोजनालाई समेटेको छ ।

यसैगरी, बिआइएले आयोजना प्रभावित क्षेत्रका वन्यजन्तु, चराचुरुङ्गी, वन÷वनस्पति लगायतको अध्ययन गरेको छ । जसमा, अन्नपूर्ण संरक्षण क्षेत्रभित्रका आयोजनाको प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखिएको प्राधिकरणले उल्लेख गरेको छ ।

मुलुकमा प्रसारण लाइनको बिआइए र सिआइए अध्ययन पहिलो पटक भएकोले आगामी आयोजनाका लागि मार्गनिर्देश गर्ने विश्वास लिएको प्राधिकरणका निर्देशक अनिरुद्ध पौडेलले बताए । प्रतिवेदन स्वीकृत गरेपछि आयोजनाको काम अघि बढाइने तयारी छ ।

कार्यक्रममा विभिन्न संघ, सस्था तथा सरकारी निकायबाट सहभागी प्रतिवेदनमा आफ्नो राय÷सुझाव समेत दिएका थिए । प्रसारण लाइन र जलविद्युत आयोजनाको गुरुयोजना बनाउनुपर्ने, स–साना धेरै प्रसारण लाइन निर्माण गर्नुभन्दा उच्च क्षमताको प्रसारण लाइन बनाउनुपर्नेमा जोड दिइएको थियो ।

अब प्रसारण लाइन निर्माण गर्दा टावरको उचाई बढाई रुख काट्नु नपर्ने गरी काम गर्नुपर्नमा समेत सहभागीले जोड दिएका थिए । साथै, बृहत् रूपमा अध्ययन गरी स्पष्टरूपमा कस्तो प्रभाव पर्छ भनी समष्टिगतरूपमा प्रस्तुत गर्दा थप राम्रो हुने सहभागीको जोड थियो ।

बाँधको तल्लो तटीय क्षेत्रमा साइरनको व्यवस्था गरिनुपर्ने, जलविद्युत आयोजनाले नीति नियम र सम्झौता अनुसार खोलामा पानी छोड्नुपर्ने विश्लेषकहरूको धारणा रहेको थियो । प्रसारण लाइन र सबस्टेसनको जोखिम क्षेत्र छुट्ट्याउनुपर्ने र उचित रूपमा व्यवस्थापन गरिनुपर्ने, जग्गाको क्षतिपूर्ति निर्धारण स्थानीय निकायले सिफारिस गरेको दरका आधारमा हुनुपर्ने स्थानीयको सुझाव थियो ।

११२ किलोमिटर लामो प्रसारण लाइनमध्ये ४६ किलोमिटर मनाङ–उदीपुर, ६६ किलोमिटर उदीपुर–भरतपुर गरी दुई खण्डमा निर्माण गर्ने योजना छ । यस प्रसारण लाइन अन्तर्गत ५ वटा सबस्टेसन निर्माण हुनेछन् भने यस लाइनमार्फत १६०० मेगावाट विद्युत प्रवाह हुने अध्ययनले देखाएको छ ।

प्रसारण लाइन आयोजना प्रमुख नारायण रेग्मीका अनुसार मनाङ–उदीपुर खण्डअन्तर्गत सबस्टेसनमा मात्र काम भइरहेको छ भने उदीपुर–भरतपुर खण्डमा टावर निर्माण तथा लाइन विस्तारको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३