विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको पोखरा वितरण केन्द्रले २ करोड रुपैयाँ विद्युत् महसुल बक्यौता नबुझाउने १२ सय बढी ग्राहकको लाइन काटेको छ । केन्द्रले १० दिनको अवधिमा यी ग्राहकको लाइन काटेको हो ।

कात्तिक १२ गतेदेखि २३ गतेसम्मको अवधिमा १२३६ ग्राहकको लाइन काटेको केन्द्र प्रमुख राजिवकुमार सिंहले बताए । यी ग्राहकले २ करोड ४ लाख ९९ हजार ४०० रुपैयाँ बक्यौता महसुल बुझाउन बाँकी थियो ।

लाइन काटिएका ग्राहकमध्ये ८२३ ग्राहकले जरीवानासहितको बक्यौता महसुल बुझाएपछि लाइन पुनः जोडिएको छ । उनीहरूले १ करोड ३० लाख ४६ हजार ३२२ रुपैयाँ बक्यौता महसुल र ७ लाख ५ हजार ७२२ रुपैयाँ दस्तुर असुल गरिएको सिंहले बताए ।

केन्द्रले ६० दिनभन्दा बढी बक्यौता बाँकी भएका सबै ग्राहकको लाइन काटेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३