विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले रसुवामा निर्माण गरेको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको परीक्षण उत्पादन शुरू भएको छ । आयोजनाको ३ वटा युनिटमध्ये आज एउटाको सफलता परीक्षण गरी उत्पादित विद्युत् ग्रिडमा प्रवाह गरिएको हो ।

सफल परीक्षणसँगै एउटा युनिटबाट ४ मेगावाट उत्पादन भएको र सो परिमाण बराबरको विद्युत् ग्रीडमा जोडिएको कम्पनीले जानकारी दिएको छ । गत कात्तिक २५ गते १३२ केभी प्रसारण लाइनबाट ‘ब्याक चार्च’ प्राप्त गरेपछि आयोजनाको परीक्षण उत्पादनको प्रक्रिया अगाडि बढाइएको थियो । लामो समयदेखि उपकारणहरू जडान गरेर राखे पनि ‘ब्याक चार्ज’ नपाउँदा थप काम अगाडि बढ्न सकेको थिएन तर आजदेखि सबै काम पूरा गरेर ग्रीड ‘सिंक्रोनाइजेसन’ समेत गरिएको छ ।

आयोजनाको इलेक्ट्रो मेकानिकल उपकरणको परीक्षणका लागि प्राधिकरणले चिलिमे हब सबस्टेशनमार्फत २०८० माघ २१ गतेदेखि नै १३२ केभी लाइनबाट विद्युत् (ब्याक चार्ज) उपलब्ध गराउनुपर्ने ठेक्का सम्झौता र आयोजनासँगको ग्रिड कनेक्सन एग्रिमेन्टको शर्त थियो । तर, झण्डै १० महिनापछि मात्र विद्युत् उपलब्ध गराइएको थियो ।

आयोजनाको सिभिल संरचनाको सम्पूर्ण परीक्षण सकेर २०८० माघ २१ गते नै इलेक्ट्रो मेकानिक परीक्षणका लागि ‘मेन इन्लेट भल्ब’मा ‘फुल हेड’ पानी उपलब्ध गराइएको थियो । त्यतिबेलै विद्युत् पाएको भए आयोजनाको इलेक्ट्रो मेकानिकल संरचनाको परीक्षणसमेत सकिने थियो तर ती उपकरणको आंशिक परीक्षण भए पनि पूर्ण परीक्षण भने विद्युत् अभावका कारण लामो समयदेखि अलपत्र थियो ।

सम्झौता शर्त बमोजिम प्राधिकरणका तर्फबाट विद्युत् उपलब्ध नहुँदा आफ्ना कर्मचारी, प्राविधिक तथा श्रमिकको समय खेर गएको, मेसिनहरुको वारेन्टीमा लाग्ने लागत थपिने लगायत कारण देखाउँदै आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य गरिरहेको ठेकेदार भोइथ इन्डिया लिमिटेडले प्रवर्द्धकसँग थप रकम र समयको माग दाबी गर्दै आएको छ ।

खासगरी, आयोजनाको विद्युत् प्रसारणका लागि निर्माणाधीन चिलिमे हब सबस्टेशन (२२० केभी) र चिलिमेदेखि त्रिशूली–३ ‘बी’ हबसम्मको २२० केभी प्रसारण लाइनको निर्माणमा ढिलाई हुँदा आयोजनाले ‘ब्याक चाज’ पाउन सकेको थिएन । विद्युत् उत्पादन गर्न नपाउँदा २०८० माघपछि हालसम्म कम्पनीले विद्युत् बिक्रीबाट हुने झण्डै ३ अर्ब रुपैयाँ आम्दानी (साविकमा दैनिक ९० लाख र वर्षायाममा दैनिक करिब १ करोड २५ लाख रुपैयाँ) गुमाएको आयोजनाले बताउँदै आएको छ ।

लक्ष्य साढे ३ वर्षमा सक्ने तर ११ वर्ष गुज्रियो

आयोजनाको निर्माण सन् २०१४ को फ्रेब्रुअरी ६ (२०७० माघ २३ गते) बाट शुरू भएको थियो भने २०१७ जुलाई (२०७४ साउन) मा सम्पन्न गर्ने लक्ष्य थियो । यद्यपि, काम शुरू भएको ११ वर्षपछि मात्र परीक्षण उत्पादन सफल भएको छ । आयोजना पूरा नहुनुमा भूकम्प, नाकाबन्दी, कोरोना महामारी (कोभिड–१९), बर्खाको बाढी–पहिरो, हिउँदमा गइरहने सुख्खा पहिरो जस्ता प्राकृतिक अवरोधले सम्पन्न हुने अवधि लम्बिँदै आएको थियो ।

उता, प्राधिकरणले निर्माण गर्नुपर्ने प्रसारण लाइन र सबस्टेशनमा गरिएको ढिलासुस्तीलाई भने सधैँ लुकाउने गरिएको थियो । शुरूमा आयोजना निर्माणमै ढिलासुस्ती भए पनि पछिल्लो समय भने प्राधिकरणले प्रसारण लाइन र सबस्टेशन निर्माण ढिलो गर्दा आयोजनाको उत्पादन अनिश्चित बनेको थियो ।

आयोजनाको लट–१ अन्तर्गत सिभिल संरचनाको निर्माण चीनको सीडब्लुई र लट–२ अन्तर्गत इलेक्ट्रो मेकानिकल उपकरणको ढुवानी तथा जडान भारतीय कम्पनी भोइथले गरेका छन् । त्यस्तै, लट–३ अन्तर्गत विद्युत्गृहदेखि चिलिमे हबसम्म जोडिने १० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण रोयल कन्स्ट्रक्सन कम्पनीले पूरा गरेको छ ।

आयोजनाको थप विवरण

आयोजना : रसुवागढी जलविद्युत् आयोजना

प्रवर्द्धक : रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेड

आयोजनास्थल : रसुवा, गोसाइकुण्ड गाउँँपालिका

लट–१ ठेकेदार (सिभिल तथा हाइड्रो मेकानिकल) : चिनियाँ कम्पनी चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशन (सिडब्लूई)

ठेक्का सम्झौता : २०७० पुस २१ गते

लट–२ ठेकेदार (इलेक्ट्रो मेकानिकल) : भारतीय कम्पनी भोइथ हाइड्रो प्रा.लि.

ठेक्का सम्झौता : २०७१ साउन १५ गते ।

लट–३ ठेकेदार (प्रसारण लाइन) : सुरुमा मुडभरि एन्ड जोशी कन्स्ट्रक्सन प्रा.लि. (पछि एमएस रोयल कन्स्ट्रक्सन कम्पनी)

ठेक्का सम्झौता : जोशी एन्ड मुडभरीसँग २०७४ असार १ गते । एमएस रोयलसँग २०७९ कात्तिक १५ गते

ऋण लगानीकर्ता : कर्मचारी सञ्चय कोष

प्रक्षेपित लागत : ऋण र विद्युत् खरिद सम्झौता (पीपीए) का क्रममा १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ । ठेक्का स्वीकृतको चरणमा १५ अर्ब २० करोड रुपैयाँ

संशोधित लागत : १७ अर्ब १ करोड रुपैयाँ । पुनः संशोधित १८ अर्ब ४७ करोड

पिपिए : हिउँदमा प्रतियुनिट ८.४० र बर्खामा ४.८० रुपैयाँ

वार्षिक ऊर्जा उत्पादन : ६१ करोड ३८ लाख ६० हजार युनिट

विद्युत् उत्पादन तालिका : २०७८ भित्र, संशोधितः २०८० असार, पुनः संशोधित : २०८० असोज, नयाँ संशोधित : २०८० चैत

प्रसारण लाइन : चिलिमे हबसम्म १० किलोमिटर, १३२ केभी

वार्षिक आम्दानी : ३ अर्ब २५ करोड रुपैयाँ

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३