विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अन्नपूर्ण पावर कम्पनी प्रालिले प्रवर्द्धन गरेको ४३ मेगावाटको अपर मादी–० जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) पूरा भएको छ । आयोजनामा ६ वटा वाणिज्य बैंकले ५ अर्ब ६८ करोड रुपैयाँ सहवित्तीयकरणमा लगानी गर्ने सम्झौता भएको प्रवद्र्धक कम्पनीले जनाएको छ ।

आयोजनामा लगानीको नेतृत्वकर्ता सिटिजन्स बैंक इन्टरनेशनलले १ अर्ब ५० करोड रुपैयाँ, ग्लोबल आइएमई बैंक लिमिटेडले १ अर्ब २३ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब, लक्ष्मी सन्राज बैंकले ८५ करोड, नेपाल एसबीआई बैंकले ६० करोड र माछापुच्छे बैंकले ५० करोड रुपैयाँ लगानी गर्ने भएका हुन् । सोमबार एक कार्यक्रमको आयोजना गरी कम्पनीले सहवित्तीयकरण लगानी सम्झौतामा हस्ताक्षर समेत गरिसकेको छ । 

आयोजनाको अनुमानित लागत करीब रु ८ अर्ब १२ करोड रुपैयाँ छ । यस मध्ये बैंकहरूको ऋण ७० प्रतिशत र प्रवर्द्धकको स्वपुँजी लगानी ३० प्रतिशत रहने छ । कास्कीको मादी गाँउपालिकामा निर्माण प्रस्ताव गरिएको आयोजना आगामी चार वर्ष भित्रमा पूरा गरी विद्युत् उत्पादन शुरू गर्ने लक्ष्य रहेको बताइएको छ ।आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहररूमा गर्नुपर्ने सबै कानूनी पूरा भइसकेको प्रवर्द्धक कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ९५ हजार ८७२ गिगावाट घन्टा र वर्षायाममा १७५.०९९ गिगावाट घण्टा गरी आयोजनाबाट वार्षिक २७०.९७१ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको लेखनाथ सबस्टेशनमा जोड्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३