विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विश्व व्यापीरूपमा फैलिएको कोरोना (कोभिड–१९) महामारीका कारण चिनियाँ प्राविधिक नेपाल नआएपछि सान्जेन जलविद्युत कम्पनीले निर्माण गरिरहेका २ जलविद्युत आयोजनाको इलेक्ट्रोमेकानिकल उपकरण जडान कार्य राेकिएकाे छ । रसुवामा निर्माणाधीन १४.८ मेगावाटको माथिल्लो र ४२.५ मेगावाटको सान्जेन जलविद्युत आयोजनामा उपकरण जडान कार्य १ वर्षदेखि राेकिएकाे हाे । 

इलेक्ट्रोमेकानिकलतर्फको ठेक्का लिएको चिनियाँ कम्पनीका प्राविधिक अहिलेसम्म चीनबाट नआएकाले काम सुरु गर्न नसकेको आयोजना प्रमुख अर्पणबहादुर सिंहले बताए । ‘माथिल्लो सान्जेनमा त सिभिलतर्फको सबै काम सम्पन्न भइसकेको छ,’ उनले ऊर्जा खबरसँग भने,‘प्राविधिक नआएर इलेक्ट्रोमेकानिलक उपकरण जडान सुरु गर्न सकिएन ।’

उनले माथिल्लो सान्जेनमा अब ९ महिना जतिको मात्रै काम बाँकी रहेको बताए । आयोजनाबाट गत कात्तिकदेखि विद्युत उत्पादन गर्ने तालिका थियो । थोरै काम बाँकी भए पनि तत्काल चिनियाँ प्राविधिक आउने अवस्था नरहेकाले कहिलेबाट काम सुरु हुने भन्ने निश्चित छैन । निशेधाज्ञा खुलेर अन्तर्राष्ट्रिय हवाई उडान सुरु नहुँदासम्म उनीहरू आउन सक्ने अवस्था छैन ।

विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडान गर्न सुरु हुन नसक्दा माथिल्लो सान्जेनको विद्युत उत्पादन अनिश्चित बनेको छ । तिब्बतको लासामा रोकिएका हाइड्रो तथा इलेक्ट्रोमेकानिकल उपकरण भने आयोजना स्थलमा आइरहेको उनले बताए । मंगलबार पनि उपकरण बोकेका ८ वटा ट्रक रसुवागढी नाका हुँदै आयोजना स्थलमा आइपुगेका छन् ।

यस्तै, सान्जेनमा पनि हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको काम मात्र बाँकी रहेको उनले बताए । अहिले आयोजनामा पेनस्टक जडानको काम रोकिएको छ । पेनस्टकको काम गर्ने १८ जना कामदारमा कोरोना संक्रमण देखिएपछि काम रोकिएको सिंहले बताए ।

संक्रमित भएका मध्ये गत शुक्रबार १ जनाको मृत्यु भएको थियो । संक्रमित सबै कामदार आइसोलेसनमा बसेका छन् ।  १ हजार ३ सय ७६ मिटर लामो हेडरेस पाइपको काम भने भइरहेको कम्पनीले जनाएको छ । सुरक्षाका मापदण्ड अपनाएर एक साताभित्र बाँकी काम पनि सुरु गर्ने तयारी भइरहेको छ । सान्जेको ८० प्रतिशत निर्माण पूरा भइसकेको छ ।

दुवै आयोजना सम्पन्न भई सञ्चालनमा आएपछि उत्पादन हुने विद्युत चिलिमे हब सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक ६ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्दैछ ।

कोरोना असरले प्रसारण लाइनको काम पनि प्रभावित भएको छ । प्रसारण लाइनका २० वटा मध्ये १६ वटा टावर खडा भइसकेका छन् । बाँकी ४ वटाको जग खन्ने काम सकिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit