विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुदूरपश्चिममा पहिचान भएका रणनीतिक महत्वका दुई जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत भारत सरकारको स्वामित्वको पावर ट्रेड कर्पोरेशन लिमिटेड (पीटीसी) ले किन्ने भएको छ । ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती र ४५० मेगावाटको सेती नदी–६ बाट उत्पादन हुने विद्युत उक्त भारतीय कम्पनीले किन्ने भएको हो ।

यसैक्रममा भारतीय कम्पनी एनएचपिसी लिमिटेडले यी दुई आयोजनाबाट उत्पादन हुने बिजुली बेच्नका लागि पीटीसीसँग मंगलबार (भदौ १४ गते) विद्युत खरिद बिक्री सम्झौता गरेको छ ।

नेपाल सरकारले एनएचपिसी लिमिटेडलाई यी दुई जलविद्युत बनाउने निर्णय गरेको छ । लगानी बोर्डका अध्यक्ष समेत रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा लगानी बोर्डको ५२औं बैठकले पश्चिम सेती र सेती नदी ६ संयुक्त जलविद्युत परियोजनाको अध्ययन गर्न अनुमति दिने निर्णय भएको थियो ।

भदौ २ गते आयोजनाको अध्ययनका लागि अनुमतिपत्र दिने र विकास गर्ने सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । समझदारी अनुसार एनएचपिसीले आगामी दुई वर्षभित्र दुवै आयोजनाको आर्थिक, वित्तीय, प्राविधिक, सामाजिक एंव वातावरणीय, ऊर्जा बजारको सुनिश्चितता, प्रसारण लाइन निर्माण लगायतका विषय अध्ययनको विस्तृत प्रतिवेदन बोर्डमा पेश गर्नुपर्नेछ ।

प्रारम्भिक अध्ययन अनुसार पश्चिम सेतीबाट वार्षिक ३ अर्ब ३० करोड युनिट र सेती नदी–६ बाट १ अर्ब ४० करोड युनिट बिजुली उत्पादन हुने देखिएको छ । पश्चिम सेतीको विद्युतगृहबाट ५० किलोमिटर तल्लो तटीय क्षेत्रमा सेती नदी आयोजना निर्माण हुनेछ । यी आयोजनाबाट उत्पादन हुने बिजुली न्यू–अत्तरिया सबस्टेसनमा जोड्ने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit