विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भारतीय ऊर्जा एक्सचेन्ज (आइईएक्स) ले सोमबार (बैशख ६ गते अर्थात् अप्रिल १९) आफ्नो सञ्जालमार्फत सीमापार विद्युत् व्यापार गर्ने घोषणा गरेको छ । दक्षिण एसियाली क्षेत्रमा ऊर्जाको बजार विस्तार गर्न उसले चालेको विद्युत् विनिमय गर्ने यो पहिलो कदम हो ।

आइईएक्सको घोषणाले सन् २०१९ मा केन्द्रीय विद्युत् नियमन आयोगले जारी गरेको सीमापार विद्युत् व्यापार निर्देशिका र गत मार्चमा मात्र जारी भएको कार्यविधिको अनुशरण गरेको छ । यिनै नियममा टेकेर एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) ले केन्द्रीय विद्युत् प्राधिकरण (सिइए) मार्फत आइईएक्सको ‘डे अहेड’ बजारमा नेपालको सहभागिता गराउन स्वीकृति लिएको छ ।

अहिले भारतको मध्यमकालीन र दीर्घकालीनस्तरको सम्झौता अनुसार छिमेकी देशहरूसँगको विद्युत् व्यापार करिब १८ अर्ब युनिटबराबरको रहेको छ । सिइए र आयोगअनुसार भारतले भुटानबाट ८ अर्ब ७० करोड युनिट विद्युत् आयात गर्छ भने नेपाल र बंगलादेशमा क्रमशः २ अर्ब ३७ करोड युनिट र ७ अर्ब युनिट निर्यात गर्छ ।

विकासका लागि एकीकृत अनुसन्धान तथा कार्य नामक संस्थाका अनुसार ती देशहरूसँगको विद्युत् व्यापार बढेर सन् २०२२ सम्म ४० अर्ब युनिट र सन् २०२७ सम्म ७० अर्ब युनिट पुग्ने अनुमान गरिएको छ । जबकि, दक्षिण एसियाको बृहत आर्थिक बृद्धि विश्वका अन्य देशको तुलनामा सबैभन्दा बढी मजबुत मान्ने गरिएको छ । यस क्षेत्रमा बिजुलीको माग र आपूर्तिबीचको सन्तुलन तथा न्यून प्रतिव्यक्ति बिजुली खपतको चुनौती समाधान गरिएको छ ।

यसै सन्दर्भमा आइईएक्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक एसएन गोयलले भनेका छन्, ‘भारत विद्युत् प्रशस्त उत्पादन भएको देश हो । यहाँको जडित क्षमता ३ लाख ८२ हजार मेगावाट पुगेको छ भने विद्युत्को उच्च माग १ लाख ८५ हजार मेगावाट छ ।’

याे पनि पढ्नुहाेस् : नेपालले भारतको विद्युत् ‘एक्सचेन्ज’ बजारमा प्रवेशको स्वीकृति पायो

‘हामीले क्षेत्रीय विद्युत् बजार विकास तथा छिमेकी देशमा विद्युत्को पहुँच पुर्याउँदै सुरक्षाको प्रत्याभूति गर्नका लागि नेतृत्व गर्ने छुट्टै अवसर पाएका छौं,’ उनले भने, ‘डे अहेड विद्युत् बजारमा सीमापार विद्युत् व्यापार सुरु गर्ने पहिलो देशको रूपमा नेपालको स्वागत गर्न हामी आतुर छौं ।’

आइईएक्सले एक्सचेन्ज (आदानप्रदान) बजारमार्फत सीमापार विद्युत् व्यापारलाई सजिलो बनाउन पावर ट्रेडिङ कर्पोरेशन (पिटिसी), एनभिभिएन तथा सबै प्रतिष्ठित नोडल एजेन्सीहरूसँग निकै नजिक रहेर काम गरिरहेको छ । आइईएक्सले विद्युत् मूल्यका लागि एउटा प्रतिस्पर्धी बेन्चमार्क प्रदान गर्नुका साथै उचित मूल्य प्रदान गर्ने संकेत पनि दिने बताइएको छ ।

एक्सचेन्ज बजारमा प्रवेशका लागि नेपाल विद्युत् प्राधिकरणले गरेको प्रस्ताव भारतले बैशाख १ गते स्वीकृत गरिसकेको छ । सो बजारको सदस्य भएसँगै प्राधिकरणले एनभिभिएनमार्फत त्यहाँबाट सजिलै बिजुली किनबेच गर्न सक्नेछ । यता प्राधिकरणले सुरुमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी र ४५ मेगावाटको भोटेकोसीको बिजुली बेच्न प्रस्ताव गर्ने बताइरहेको छ ।

इनर्जी वर्ल्डको सहयोगमा

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३