विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भारतको आन्द्र प्रदेश राज्यले ३३ हजार मेगावाट बढीका जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । आन्द्र प्रदेश ऊर्जा विभागले राज्यका विभिन्न जिल्लामा पम्प स्टोरेज जलविद्युत आयोजना निर्माण गर्ने योजना अघि सारेको हो ।

यी आयोजनाको कूल जडित क्षमता ३३ हजार २ सय ४० मेगावाट हुने विभागलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका छन । राज्य सरकारले जलविद्युत आयोजना निर्माणका लागि कडपा, कुर्नुल र अनन्तपुर जिल्लामा १.४५ हेक्टर जग्गाको टुंगो लगाएको छ ।

विभिन्न जिल्लामा प्रस्तावित पम्प स्टोरेज जलविद्युत आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा राज्यको विद्युत वितरणको अहिलेको अवस्थामा सुधार भई प्रणाली दिगो र गुणस्तरीय हुने राज्यका ऊर्जा सचिव श्रीकान्त नागुलापल्लीले बताए ।

यी आयोजनाले उत्पादन गर्ने विद्युतबाट राज्यको वितरण प्रणालीमा सुधार हुनुका साथै औद्योगिकरणमा पनि सहयोग पुग्ने उनले बताए । राज्य सरकारले विद्युतीय सवारी प्रवर्द्धन गर्न ‘गो इलेक्ट्रिक’ अभियान चलाइरहेको छ । विद्युतीय सवारी सञ्चालन सहज बनाउने विभिन्न स्थानमा १०९ वटा चार्जिङ स्टेसन पनि निर्माण भइरहेको छन् ।

उनले राज्यभरमा तथा मुख्य राजमार्ग क्षेत्रमा ४ सय वटा चार्जर रहने गरी थप चार्जिङ स्टेसन निर्माण गर्ने योजना रहेको बताए । राज्य सरकारले कृषिकका लागि दिनको समयमा निशुल्क ऊर्जा दिन वितरण लाइनहरूको मर्मत तथा स्तरोन्नति गरिएको छ । दिनको समयमा राज्यका १८ लाख कृषि कृषि पम्पसिटका लागि दिनको समयमा निशुल्क विद्युत दिने योजना छ ।

राज्य सरकारको विद्युत उत्पादन जडित क्षमता २५ हजार मेगावाट बढी छ । राज्यमा थर्मल प्लान्ट, जलविद्युत, सौर्य र वायु ऊर्जाका स्रोतबाट विद्युत उत्पादन हुँदै आएको छ । 

भारतीय समाचार एजेन्सीहरूको सहयोगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit