विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । १०६ मेगावाटको जगदुल्ला आंशिक जलाशययुक्त जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माण तथा भिरहरू फुटाउन निकालिएको ठेक्कामा दुई कम्पनी सर्टलिस्ट (प्रारम्भिक छनोट) मा परेका छन् । गत मंसिर २० गते खुल्ला गरेको ठेक्कामा आवेदन दिने मध्ये दुई कम्पनी प्रारम्भिक छनोट परेका हुन् ।

कङग्री/एडी जेभी र शेर्पा हाइड्रो कन्स्ट्रक्सन प्रालि प्राविधिक प्रस्तावमा पास भएर सर्टलिस्टेड भएको प्रवर्द्धक जगदुल्ला हाइड्रो पावर कम्पनीले जनाएको छ । कम्पनीका अनुसार त्रिवेणीदेखि इल्लासम्मको पहुँचमार्ग निर्माण गर्न यी कम्पनी प्रारम्भिक छनोटमा परेका छन् । पहुँचमार्गकाे काम एक वर्षमा सम्पन्न गर्नुपर्नेछ ।

सर्टलिस्टमा परेका दुई कम्पनीको माघ २२ गते आर्थिक प्रस्ताव खोलिनेछ । सबैभन्दा कम कबोल गर्ने कम्पनीले ठेक्का पाउनेछ । आयोजनासम्म पुग्नका लागि पहुँचमार्ग निर्माणको काम भइरहेको छ । पूर्वाधार विकास कार्यालय डोल्पाले ४५ किलोमिटर लामो पहुँचमार्ग निर्माण गरिरहेको हो । ८.५ किलोमीटर खण्डमा ठुला ठुला भिरहरू रहेकोले कर्णाली प्रदेश सरकारको स्वीकृति लिएर भिरहरू फुटाउन लागिएको कम्पनीले जनाएको छ ।

१०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि पूर्व तयारीको काम चलिरहेको छ । यो वर्ष तयारी सकेर आगामी वर्षबाट निर्माणका जाने योजना रहेको छ । २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजनाको सम्भाव्यता अध्ययन भइसकेको छ । वातावरणीय प्रभाव मूल्यांकन (इआइए) अन्तिम चरणमा पुगेको छ ।

जलविद्युत आयोजनाले विद्युत विकास विभागबाट २०७४ मा अध्ययनका लागि सर्वे लाइसेन्स लिएर अध्ययन अघि बढाएको हो । डोल्पामा  निर्माण हुने आयोजनाको विद्युतगृह मुड्केचुला गाउँपालिका–४, इलमा निर्माण  हुने तथा जगदुल्ला गाउँपालिका वडा नम्बर १ र २ मा बाँध निर्माण हुने अध्ययनले देखाएको छ ।

काम सुरु गरेको करिब ६ वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको आयोजनाको करिब ७.१ किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित विद्युतगृहमा खसालिने छ ।

कूल ३०७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि भौगोलिक विकटताका कारण १०६ मेगावाटमात्र विद्युत उत्पादन गर्न सकिने गरी क्षमता अद्यावधिक (अप्टिमाइजेसन) गरिएको आयोजनाले जानकारी दिएको छ । आयोजना सम्पन्न भएपछि वार्षिक ६१५.३२ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit