विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) मा अगाडि बढाइएको २१६ मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत आयोजनाले उत्पादन अनुमतिपत्र लिएको झन्डै ४ वर्षपछि सिभिल निर्माणको काम सुरु गरेको छ ।

निजी क्षेत्रको स्वामित्वमा कोरियन लगानीमा अगाडि बढाइएको आयोजनाको काम मंगलबार (भदौ १ गते) देखि सुरु भएको छ । विद्युत विकास विभागले आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडलाई २०७४ साल कात्तिक २३ गते उत्पादन अनुमतिपत्र दिएको थियो ।

कम्पनीले अनुमतिपत्र पाएको ३ वर्ष ९ महिना ९ दिन अर्थात् १३५९ दिनपछि औपचारिकरूपमा सिभिल निर्माणको काम सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणले र आयोजनाको विद्युत किन्न कम्पनीसँग हिउँदका ६ महिना प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा प्रतियुनिट ४.८० रुपैयाँमा विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ ।

कम्पनीका अनुसार आयोजनाबाट वार्षिक १ अर्ब ५३ करोड ३१ लाख युनिट विद्युत उत्पादन हुने अनुमान छ । औसत विद्युत बिक्री दर प्रतियुनिट ६.६० रुपैयाँका आधारमा झन्डै ४ वर्ष ढिलो निर्माण सुरु गर्दा कम्पनीले विद्युत बिक्रीबाट हुने करिब ३ खर्ब ८१ अर्ब ४० करोड ६० लाख रुपैयाँ आम्दानी गुमाएको छ ।

३५ वर्षका लागि अनुमतिपत्र लिएको कम्पनीले काम नै सुरु नगरी अर्थात् निर्माणपूर्वका काम गर्नमै करिब ४ वर्ष बिताएको छ । अब उसँग ३१ वर्ष आयोजना सञ्चालन गर्न पाउने समय छ । यो अवधिभित्र आयोजनाको निर्माण पूरा गरी, बैंकको ब्याज तिरी निशुल्करूपमा सरकारलाई हस्तान्तरण गर्नुपर्छ ।

यसअघि २०८० साल चैत १८ गतेभित्र निर्माण पूरा गर्ने लक्ष्य राखेको कम्पनीले अहिले काम सम्पन्न गर्ने समय २०८३ मंसिरसम्म तन्काएको छ । जसको उत्पादन अनुमतिपत्रको म्याद २१०९ साल कात्तिक २२ गते सकिनेछ । कम्पनीका अनुसार कामको सुरुवात भूमिगत विद्युतगृह जान प्रयोग हुने ‘भेन्टिलेसन टनेल’बाट थालिएको छ ।

लगानी तथा कम्पनी संरचना

कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोरिया साउथ इष्ट पावर कम्पनी लिमिटेड (कोएन), विश्व बंैकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) लगायत विदेशी साझेदारहरूको लगानी छ । साथै, आयोजना प्रभावित स्थानीयका लागि अधिकतम १० प्रतिशतसम्म शेयर लगानी सुनिश्चित गरिएको छ ।

७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी (इक्विटी) लगानी रहने आयोजनामा कूल ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) खर्च हुने अनुमान छ । आयोजनामा ९ अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपुँजी (इक्विटी) बाट जुटाइएको छ ।

आयोजनाबाट वार्षिक ऊर्जा मध्ये ३८.७५ प्रतिशत हिउँदमा र ६१.२५ प्रतिशत बर्खामा उत्पादन हुनेछ । उत्पादित उर्जा प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ ।

काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युतको अत्याधिक माग हुने हिउँदमा समेत १०४ मेगावाट विद्युत उत्पादन हुने कम्पनीले जानकारी दिएको छ । आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुनेछ । पोस्टेट दरमा गरिएको पिपिए अनुसार आयोजनाले वार्षिक ३ प्रतिशतका दरले ८ वटा मूल्यवृद्धि पाउनेछ ।

आयोजनामा ९० प्रतिशत विदेशी र १० प्रतिशत नेपाली लगानी छ, यसका कारण विद्युत किन्नका लागि ८० प्रतिशत रकम अमेरिकी डलरमा भुक्तानी गर्ने गरी पिपिए भएको छ । यस्तो पिपिए विद्युत उत्पादन सुरु भएदेखि १० वर्षसम्मका लागि मात्र कायम गरिएको छ । १० वर्षपछि अर्थात् ऋण तिरेपछि विद्युत खरिदको रकम नेपाली मुद्रामै भुक्तानी गर्ने गरी सम्झौता गरिएको छ ।

क्यू५० मा निर्माण हुने आयोजनाका लागि सुख्खायाम (मंसिर १६ गतेदेखि जेठ १५ गतेसम्म) मा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खा (जेठ १६ गतेदेखि मंसिर १५ गतेसम्म) मा प्रतियुनिट ४.८० रुपैयाँमा पिपिए भएको छ ।

सरकार र कम्पनीबीच २०७३ साल पुस १४ गते (सन् २०१६, डिसेम्बर २९) आयोजना निर्माण गर्न ‘आयोजना विकास सम्झौता (पिडिए) भएको थियो । यस्तै, प्राधिकरण र कम्पनीबीच विद्युत किन्ने सम्झौता अनुसार २०७४ माघ १४ गते पिपिएमा हस्ताक्षर भएको थियो ।

अमेरिकी डलरमा पिपिए गरेको भन्दै यसले प्राधिकरणलाई नोक्सान पुर्याउने हल्ला फिँजाइएको छ । तर, पिपिएकै क्रममा कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले गरेको आयोजनाको पिपिए देशकै हितमा रहेको बताएका थिए । पिपिए भएकै दिन नेपाल राष्ट्र बैंकले तोकेको डलरको सटही मूल्य स्थिर (लक हुने) राखिनेछ । यसो हुँदा डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा पनि असर नपर्ने घिसिङको तर्क थियो ।

आयोजनाको अवस्थिति

रसुवा हुँदै बग्ने भोटेकोसी नदीमा रसुवाको हाकुस्थित ३२ मिटर अग्लो बाँध निर्माण गरी ९.८ किलोमिटर लामो मुख्य सुरुङबाट पानी ल्याएर विद्युतगृहमा खसालिनेछ । अध्ययनअनुसार पानी थिग्रयाउने पोखरी (डिसेन्डर), सर्ज ट्यांक र विद्युतगृह भूमिगत अर्थात् जमिनभित्र निर्माण हुनेछन् ।

२४६ मिटर भेन्टिलेसन टनेल निर्माणका लागि चट्टान फोर्न मंगलबार पहिलो विष्फोट गराइएको कम्पनीले जानकारी दिएको छ । मुख्य प्रवेश सुरुङ, केवल सुरुङ, मुख्य सुरुङलगायत संरचना निर्माण सुरु गरिएको छ । आयोजना स्थलमा क्रसर तथा ब्याचिङ प्लान्ट स्थापना, निर्माण सामग्रीको परीक्षण, पहुँच सडकका लागि त्रिशूली नदीमा बेलीब्रिज निर्माण, बाँधलगायत संरचना निर्माण गर्न रुख कटान, सर्च ट्याङतर्फको पहुँच सडक निर्माणका काम भइरहेको जनाइएको छन् ।

अहिले दुई सय श्रमिकले काम गरिएको आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण (अध्ययन, खरिद र निर्माण–इपिसी) मोडलमा कोरियन कम्पनी डुसान हेभी इन्ड्रष्ट्रिज एन्ड कन्स्ट्रक्सनले ठेक्का पाएको छ । उत्पादित विद्युत देशमै खपत गर्ने उद्देश्यले एफडिआई मार्फत निजी क्षेत्रले निर्माण गर्न लागेको यो देशकै ठूलो आयोजना पनि हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३