विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
माथिल्लो र उपल्लो खिम्तीको १९ मेगावाट विद्युत प्रणालीमा जाेडियाे

काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिकामा निर्माण सम्पन्न १२ मेगावाटकाे माथिल्लो र ७ मेगावाटकाे उपल्लो खिम्ती जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । हिमालयन ऊर्जा विकास कम्पनीले २०७७ फागुनमा सम्पन्न गरेको आयोजनाको विद्युत करिब १४ महिनापछि प्रणालीमा जोडिएको हो ।

लामो समयदेखि खेर गइरहेको १९ मेगावाटका २ आयोजनाको विद्युत शनिबार (हिजो) देखि नेपाल विद्युत प्राधिकरणको गर्जाङ सबस्टेसनमा जोडिएको कम्पनीका सञ्चालक इ.सरोज कुमार उपाध्यायले बताए । ‘विद्युत गर्जाङ सबस्टेसनबाट ३३ केभी लाइनमार्फत जिरी सबस्टेसनमा पुग्छ’, उनले भने, जिरी सबस्टेसनबाट चरिकोटस्थित मकैबारी सबस्टेसन हुँदै सिंगटी सबस्टेसनमार्फत विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ ।’

प्राधिकरणले १३२ केभी गर्जाङ–खिम्ती प्रसारण लाइन समयमा सम्पन्न नगर्दा खेर गइरहेको १२ मेगावाटको माथिल्लो र ७ मेगावाटको उपल्लो खिम्तीको विद्युत वैकल्पिक रुपमा जोडिएको छ । करिब ६४ करोड रुपैयाँ बढीको विद्युत खेर गएपछि माथिल्लो र उपल्लो खिम्तीको विद्युत उत्पादन परीक्षण सुरु भएको उनले बताए । आयोजनाबाट मासिक ४ करोड ५८ लाख बढीको विद्युत खेर गइरहेको थियो ।

आयोजनाबाट २ सातासम्म परिक्षण उत्पादन गरेर प्राधिकरणलाई दिइनेछ । परीक्षण उत्पादन सम्पन्न भएपछि व्यापारीक उत्पादन गरिने कम्पनीले जनाएको छ ।

आयोजनाको विद्युत उत्पादन समयमा सुरु हुन नसक्दा बैंकको ब्याजको वित्तिय भार थपिँदै गएको कम्पनीले जनाएको छ । कम्पनीले ३ अर्ब १४ करोड रुपैयाँ लागतमा दुवै आयोजना निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरेको थियो । प्राधिकरणले गर्दा उत्पादीत विद्युत प्रणालीमा जोडिन नपाउँदा बैंकको ब्याज र खर्च ४८ करोड रुपैयाँ बढेको कम्पनीले जनाएको छ ।

आयोजनाबाट २०७५ चैतदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका थियो । तर, प्रसारण लाइनको समस्याकै कारण आयोजनाको निर्माण लम्ब्याई २०७७ सम्म पुर्याउँदा पनि लाइन तयार नहुँदा विद्युत खेर गइरहेको कम्पनीले जनाएको छ ।

वैकल्पिक व्यवस्था अनुसार आयोजनाबाट अहिले करिब १० मेगावाट विद्युत प्रवाह गर्न सकिने प्राधिकरणले जनाएको छ । बर्खा लागेपछि मात्रै आयोजनाहरु पूर्ण क्षमतामा चल्ने भएकोले त्यतिबेलासम्म गर्जाङ–नयाँ खिम्ती प्रसारण लाइनको निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको पनि प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit