विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । २२.५ मेगावाटको तल्लो बलेफी खोला जलविद्युत् आयोजनाको सुरुङ खन्ने कामअन्तर्गत पहिलो ब्लास्टिङ सफलता पूर्वक सम्पन्न भएको छ । आयोजनाको  मुख्य सुरुङको आउटलेटतर्फको सुरुङमा पहिलो ब्लास्टिङ भएको हो । 

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा निर्माणाधीन आयोजनालाई रिडी पावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको छ भने साझा पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको छ । काठमाडौँबाट ७२ किलोमिटर दुरीमा रहेको यस आयोजनाको बाँधस्थल बलेफीको जलवीरेमा  अवस्थित छ । विद्युत्‌गृह भने सोही गाउँपालिकाको आँपबोटेमा रहेको छ । 

आयोजनामा  ५.५ किलोमिट लम्बाई र ४.६ मिटर व्यास भएको सुरुङ्ग निर्माण हुनेछ । सुरुङ निर्माणअन्तर्गत ‘इन्लेट पोर्टल’को काम जम्बला कन्स्ट्रक्सन प्राइभेट लिमिटेडले गरिहेको छ । त्यसैगरी अडिट सुरुङ निर्माणको जिम्मा देवकोटा निर्माण सेवा प्राइभेट लिमिटेडले लिएको छ । आउटलेटतर्फ त्रिवेणी ब्रम्हायणी जेभीले काम गरिरहेको छ । 

आयोजनाको हेड वर्क्सको काम बन्दना भगवती पोखरेली जेभीले काम गरिरहेको छ । विद्युत गृह बनाउने काम ककनीदेवी निर्माण सेवा प्रालिले गरिरहेको छ ।

आयोजना निर्माणमा ४ अर्ब ४५  करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसमध्ये २ अर्ब ९५ करोड रुपैयाँ बैंकको ऋण र बाँकी रकम स्वःलगानीबाट जुटाइने प्रबन्ध मिलाइएको छ । आयोजनामा कुमारी बैंक लिमिटेडको अगुवाईमा  कृषि विकास बैंक र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको संयुक्त ऋण लगानी छ । 

यस आयोजनामा रिडी पावर कम्पनीको ५५ प्रतिशत, स्थानीय तथा सर्वसाधारणको ३० प्रतिशत र अन्य शेयरधनीको १५ प्रतिशत शेयर लगानी छ । यस आयोजनामा शेयर लगानी गर्न रिडी पावरले हकप्रद सेयरबाट रकम जुटाइसकेको जनाएको छ । 

आयोजनाको निर्माण २०८२ भित्र सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ । 

कम्पनीले आयोजना गरेको पहिलो ब्लाष्टिङ समारोहमा नेपाली सेनाको बाहिनीपति, स्थानीय प्रहरी प्रमुख, कम्पनीका अध्यक्ष, संचालकहरू, कर्मचारीहररू, ठेकेदार कम्पनीका प्रतिनिधिहरू,  स्थानीय नागरिक लगायत सरोकारवालाको उपस्थिति थियो । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३