विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत विकास विभागले देशकाे विभिन्न ठाउँमा पहिचान भएकाे करिब २६०० मेगावाट बराबरकाे जलविद्युत आयोजनाको अध्ययन पुरा गरेकाे छ । विभागले जलाशय, आंशिक जलाशय र नदी प्रवाही आयोजनाको अध्ययन सम्पन्न गरेकाे हाे ।

२५८५.६२ मेगावाटका बराबरकाे ३९ जलविद्युत आयाेजनाकाे अध्ययन पूरा गरेकाे विभागले जनाएकाे छ ।अध्यययन पुरा भएको आयोजनाहरूमध्ये ७४७.७४ मेगावाट ४ जलाशय र ५४३.७५ मेगावाट ३ आंशिक जलाशय छन् । विभागकाे तथ्यांकअनुसार १२९४.१३ मेगावाटका ३२ नदी प्रवाही आयोजनाकाे अध्ययन सकिएकाे छ ।

विभागमा अनुसार अध्ययन सकिएकाहरूमा २ देखि ४९० मेगावाटसम्मका आयोजनाहरू छन् । जसमा सबैभन्दा ठूलाे ४९०.२० मेगावाटको अरुण–४ जलविद्युत आयोजना हाे । याे नदी प्रवाही आयोजना हाे । अध्ययन पूरा भएका नदी प्रवाहीमा ५०.५३ मेगावाटको बेनी–कालीगण्डकी, ४.१० भेरी खोला, ४७ मेगावाटको दुधकोसी–४, ११० मेगावाटको दुधकोसी–५, ३० मेगावाटको इखुवा खोला, २० मेगावाटको तल्लो चमेलिया, ८.७४ मेगावाटको तल्लो चेपे खाेला छन् । १० मेवा खोला, १५.२ मेगावाटको म्याग्दी खोला, ८.६३ मेगावाटको रुपागाड, ४१.६ मेगावाटको संखुवा खोला, २५ मेगावाटको सिंगटी खोलालगायत आयोजनाहरूको अध्ययन पूरा सकिएकाे विभागकाे तथ्यांकमा उल्लेख छ ।

यसैगरी, अध्ययन पूरा भएको जलाशय आयोजनाहरूमा ६० मेगावाटको कन्काई मल्टीपरपोज, २८१.०४ मेगावाटको नौमुरे, ३०९ मेगावाटको सेती खोला–६ र ९७.७० मेगावाटको अप्पर झिमरूक रहेका छन् । साथै, आंशिक जलाशय आयोजनाहरूमा २० मेगावाटको बुढीगंगा, ४९.०५ मेगावाटको लोती कर्णाली र ४७४.२५ मेगावाटको तल्लो अरुण खोला अध्ययन पुरा भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३