विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको अधिकांश सेयर स्वामित्वमा १२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत आयोजना निर्माण हुने भएको छ । गोरखा र धादिङको सिमानामा निर्माण हुने राष्ट्रिय गौरवको आयोजनामा प्राधिकरणको बहुमत सेयर स्वामित्व रहने गरी अघि बढाउन लागिएको हो ।

आयोजनाको सेयर संरचनालगायतका विषयमा अन्तिम टुंगो लगाउन विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलले दिने प्रतिवेदनका आधारमा सेयर संरचनामा संशोधन गर्ने तयारी गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशन अनुसार आयोजना विद्युत प्राधिकरणको नेतृत्वमा अगाडि बढाउनका लागि सेयर संरचनामा परिवर्तन गर्न लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बताए । प्राधिकरणको अधिकतम सेयर स्वामित्व रहने गरी कम्पनी मोडलमा बूढीगण्डकी जलाशय आयोजना निर्माण गरिनेछ ।

सम्भाव्यता अध्ययन भइसकेपछि धेरै उतारचढाव झेल्दै आएको आयोजना विभिन्न कारणले झन्डै रोकिएको थियो । पछिल्लो समय सरकारले बूढीगण्डकी हाइड्रो पावर पब्लिक लिमिटेड स्थापना गरी आयोजनालाई नयाँ जीवन दिने निर्णय गरेको छ ।

पहिलो पटक सन् १९८३/८४ मा कूल ६०० मेगावाट क्षमता रहने गरी आयोजनाको सम्भाव्यता अध्ययन गरिएको थियो । सो अध्ययनलाई अध्यावधिक गर्दै प्राधिकरणले सन् २०१० मा थप अध्ययन गरेको थियो । सन् २०१२ मा प्राधिकरणले पुनःसम्भाव्यता अध्ययन, विस्तृत डिजाइन तथा बोलपत्र दस्तावेज तयार पारेर फ्रान्सेली कम्पनी ट्याक्टबेलसँग सम्झौता गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले यो आयोजना निर्माण गर्नका लागि विकास समिति गठन गरेको थियो । सोही समितिलाई नै फ्रान्सेली कम्पनीले सन् २०१४ मा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बुझाएको थियो ।

सन् २०१७ मा ऊर्जा मन्त्रालयल र चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कम्पनीबीच इपिसिएफ मोडलमा आयोजना निर्माण गर्न समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सोही वर्ष राष्ट्रिय योजना आयोगको प्रतिवेदनका आधारमा सन् २०१७ मा नै सरकारले स्वदेशी लगानीमा आयोजना निर्माण गर्ने निर्णय भएको थियो । सन् २०१८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पुनः चिनियाँ कम्पनी गेजुवालाई नै सो आयोजना जिम्मा दिने निर्णय भयो ।

सो कम्पनी सम्पर्कमा नरहेपछि सरकारले सन् २०२२ मा आयोजना चिनियाँ कम्पनीबाट आयोजना फिर्ता ल्याई कम्पनी स्थापना गर्ने निर्णय गर्यो । कम्पनी रजिष्ट्रार कार्यालयमा २०७९ भदौ १७ गते आधिकारिक रुपमा बूढीगण्डकी जलविद्युत कम्पनी स्थापना भयो ।

विद्यमान कार्यविधिअनुसार सार्वजनिक कम्पनीको अधिकृत पूँजी २० अर्ब र जारी पुँजी २० अर्ब रुपैयाँ हुनेछ । हालको संरचनाअनुसार सर्वसाधारणका लागि जारी हुने बाँकी सेयरमध्ये ऊर्जा मन्त्रालयको ५० प्रतिशत, अर्थ मन्त्रालयको ३० प्रतिशत र प्राधिकरणको २० प्रतिशत सेयर हुनेछ ।

आयोजनाकाे थप विवरण

आयोजना ः बूढीगण्डकी जलाशय 

क्षमता ः १२०० मेगावाट

आयोजनास्थल ः गाेरखा र धादिङ

वार्षिक विद्युत उत्पादन ः  ३३८३ गिगावाट घन्टा

बर्खायाम ः १९७५ गिगावाट घन्टा

हिउँदयाम ः १४०८ गिगावाट घन्टा

युनिट ः ६ वटा

प्रसारण लाइन ः ४०० केभी, डबल सर्किट

विद्युत जडान गर्ने स्थान ः  ४०० केभी नाैंबीसे र हेटाैंडा सबस्टेसन

अनुमानित लागत ः करिब ३ खर्ब रुपैयाँ

लगानी असुल हुने अवधि ः ११ वर्ष

राेजगारी ः ६००० जना

तटीय लाभ ः आयाेजनाकाे तल्लाे तटमा बाढी नियन्त्रण तथा हिउँदमा नारायणी नदी र गण्डकमा पानीकाे बहावमा वृद्धि

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit