विद्युत अपडेट

  • प्राधिकरण : ५२४८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९१० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६८३८ मे.वा.घन्टा
  • आयात : ८९७७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७०९३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०८३ मे.वा.
२०८२ चैत ६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ६१.०२ मेगावाटको हुम्ला कर्णाली जलविद्युत आयोजनाको निर्माण अघि बढाउन सार्वजनि सुनुवाई हुने भएको छ । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले कर्णाली प्रदेश, हुम्ला जिल्लाको नाम्खा गाउँपालिका भएर वग्ने हुम्ला कर्णाली नदीको पानी प्रयोग गरी निर्माण गर्न लागेको आयोजनाको बिहीबार (मंसिर १५ गते) सुनुवाई हुने भएको हो ।

प्रस्तावित आयोजनाको लागि हुम्ला कर्णाली नदीको वारपार १० मिटर उचाईको बाँध निर्माण गरी नदीको पानीलाई करिब ६९४१.६५ मिटरको लामो सुरुङ र ४९१.३६ मिटर लामो पेनस्टक पाइपको माध्यम बाट नाम्खा गाउँपालिका वडा नम्बर ४ को ७ सय मिटर माथि हुम्ला कर्णाली नदीको भु–सतहमा अवस्थित विद्युत गृहमा खसालिनेछ ।

विद्युत उत्पादन गरी २४.८४ मिटर लामो  टेलरेसको माध्यमबाट हुम्ला कर्णाली नदीमा पुन पानी खसालिनेछ । आयोजना निर्माण सम्बन्धित गाउँपालिका तथा वडाहरू र त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वस्थ्य चौकी, डिभिजन वन कार्यालयका प्रतिनिधि, सामुदाय, जन उपभोक्ता समूहका प्रतिनिधिहरू, स्थानीय महानुभावहरूमा पर्न सक्ने प्रतिकुल असरका विषयमा छलफल गर्न सार्वजनिक सुनुवाइ गर्न लागिएको छ ।

प्रस्तावित आयोजनाको सार्वजनिका सुनुवाई सामुदायिक भवन यांगर नाम्खा गाउँपालिकामा हुनेछ । परामर्शदाता हाइड्रो कन्सल्ट इन्जिनियरिङ्ग लिमिटेड, सिमेन्ट कन्सल्टेन्ट प्राली र प्रोफेसनल नेटवर्क प्रालि रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३