विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रौतहटस्थित ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजनाको विद्युत उत्पादन धकेलिएको छ । निर्माण थालेको ६ महिनामा सम्पन्न गर्ने भनिए पनि कोरोना (कोभिड–१९) महामारीको  संक्रमण तीव्र भएपछि निशेधाज्ञाका कारण काम प्रभावित हुँदा विद्युत उत्पादन गर्ने तालिका सरेको हो ।

आयोजनाबाट गत बैशाखभित्रै विद्युत उत्पादन सुरु गर्ने तालिका थियो । ९० प्रतिशत पूरा भइसकेको आयोजनाको निर्माण प्रभावित हुँदा बैशाखमा विद्युत उत्पादन सुरु गर्न नसकेको प्रवद्र्धक अपि पावर कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार अहिले परीक्षण उत्पादन सुरु गर्न नेपाल विद्युत प्राधिकरणका प्राविधिक आयोजना स्थलमा लैजान असम्भव देखिएको छ । आयोजनाका लागि आवश्यक उपकरण पनि विराटनगर भन्सार कार्यालयमा अड्किएका छन् । 

आयोजना स्थलमा निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । अब देशको अवस्था सामान्य भएपछि मात्रै आयोजनाको परीक्षण सुरु गरिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले १२ बिघा क्षेत्रफलमा ४ सय ५० वाटका ११ हजार १ सय १२ वटा सौर्य प्यानल राखेर विद्युत उत्पादन गर्न आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाले उत्पादन गर्ने विद्युत ३३ केभी प्रसारण लाइनमार्फत ३ किलामिटर दुरीमा रहेको विद्युत प्राधिकरणको चन्द्रनिगाहपुर सबस्टेसनमा जोडिने छ ।

आयोजनाले वार्षिक ६९.२५ गिगावाट घन्टा विद्युत उत्पादन गर्नेछ । ३३ करोड रुपैयाँ लागत अनुमान गरिएको यो सौर्य विद्युत आयोजनामा बैंक अफ काठमाडौंले एकल लगानी गरेको छ । आयोजनामा कूल लागतको २५ प्रतिशत (८.२५ करोड) स्वपुँजी र ७५ प्रतिशत (२४.७५ करोड) ऋण लगानी छ । 

यो सौर्य विद्युत आयोजना प्रसारण प्रणाललीमा जोडिएपछि प्रदेश–२ को विद्युत वितरण प्रणालीमा सुधार भई यहाँका उद्योगहरूमा दिगो र गुणस्तरीय विद्युत प्रवाह हुने कम्पनको दाबी छ ।

यो आयोजना प्रसारण प्रणालीमा जोडेपछि १/१ मेगावाटका ढल्केबर र सिमरा सौर्य विद्युत आयोजनाको निर्माण पनि सुरु गर्ने कम्पनीले जनाएको छ । यी २ सौर्य विद्युत आयोजनामा पनि बैंक अफ काठमाडौंले एकल लगानी गर्ने गरी वित्तीय व्यवस्थापन सम्झौता भइसकेको छ ।

जलविद्युतमा लगानी गर्दै आएको अपि पावरले सौर्य विद्युत आयोजनामा पनि लगानी बढाएको छ । कम्पनीले यसअघि दार्चुलामा निर्माण गरेका साढे १६ मेगावाटका नौगाड र माथिल्लो नौगाड जलविद्युत आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा छन् । दार्चुलामै ४० मेगावाटको माथिल्लो चमेलिया पनि निर्माणाधीन छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit