विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले एक वर्षको अवधिमा ४५ मेगावाटका सौर्य आयोजनालाई उत्पादन अनुमति दिएको छ । मिश्रित ऊर्जाको अवधारणाका कारण सौर्य आयोजनाको विकासमा लगानी गर्ने लगानीकर्ताको संख्या बढ्दै गएको हो ।

विद्युत विकास विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ सुरु भएदेखि हालसम्मको अवधिमा ४४.५९ मेगावाटका ६ आयोजनाले उत्पादन अनुमति पाएका छन् । निजी क्षेत्र र नेपाल विद्युत प्राधिकरणले गरी सो क्षमताका सौर्य आयोजनाले अनुमति पाएका हुन् ।

इष्ट सोलार प्रालीले ५ मेगावाटको बैगुनधुरा पिभी सोलार आयोजना निर्माण गर्न अनुमति पाएको छ । कम्पनीले विभागबाट २०७८ मंसिर २१ गते अनुमति पाएको हो । यो आयोजना झापामा निर्माणका लागि अनुमति पाएको हो ।

इको ग्लोबल पावर डेभलपमेन्ट प्राइभेट लिमिटेडले १० मेगावाटको मिथिला–२ सोलार पीभी आयोजनाको अनुमति पाएको छ । धनुषामा प्लान्ट निर्माण गर्ने गरीगत मंसिर २३ गते अनुमति दिएको हो ।

पशुपति रिन्युवल प्राइभेट लिमिटेडले १० मेगावाटको धरमनगर  सोलार र्फाम प्रोजेक्टका लागि अनुमति लिई आयोजना अघि बढाएको छ । पुस २ गते अनुमति पाएको आयोजनाको प्लान्ट कपिलबस्तुमा निर्माण हुनेछ ।

प्राधिकरणले २ सौर्य आयोजना अघि बढाउन अनुमति पाएको छ । प्राधिकरणले ३.०९० मेगावाटको ग्रीड टाइड सोलार र्फाम र ६.५०० मेगावाटको ग्रीड टाइड सोलार फाम प्रोजेक्ट ब्लक–५ आयोजना अघि बढाउन अनुमति पाएको हो ।

झापा इनर्जी प्राइभेट लिमिटेड झापाले १० मेगावाटको ग्रीड कनेक्टेड सोलार प्रोजेक्ट निर्माण गर्न २०७९ बैशाख ११ गते अनुमति पाएको छ ।
विभागले हालसम्म १३७ मेगावाटका २२ सौर्य आयोजना अघि बढाउन उत्पादन अनुमति दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit