विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको प्राविधिक एंव आर्थिक र स्थानीय निकायको आर्थिक सहयोगमा ओखलढुंगाको ककनीमा ७० किलोवाटको सौर्य मिनी ग्रिड आयोजना सञ्चालनमा आएको छ । उज्यालो नेपालको लक्ष्य पूरा गर्ने उद्देश्यअनुसार निर्माण सम्पन्न गरिएको उक्त मिनी ग्रिडको उद्घाटन गरिएको हो ।

निर्माण पूरा भएको आयोजनाको शनिबार (साउन १३ गते) ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले उद्घाटन गरेका हुन् । घिमिरेको प्रमुख आथित्य र केन्द्रका कार्यकारी निर्देशक डा.नवराज ढकालको विशेष आथित्यमा सौर्य मिनिग्रिड उद्घाटन गरेको केन्द्रका सहायक निर्देशक डा.लक्ष्मणप्रसाद घिमिरेले बताए ।

मिनी ग्रिडको उद्घाटन गर्दै सचिव घिमिरेले ऊर्जा मन्त्रालय, केन्द्र र नेपाल विद्युत प्राधिकरणको सहकार्यमा देशका विकट क्षेत्रलाई पनि उज्यालो बनाउने अभियानमा जुटेको बताए । ककनी महत्वपूर्ण धार्मिक एवम् पर्यटकीय क्षेत्र भएको तर विद्युतीकरणको समस्या रहेको कुरालाई मध्यनजर गरि सौर्य मिनिग्रिड आयोजना सञ्चालन गरिएको उनले बताए ।

प्राकृतिक हिसाबले सुन्दर र पर्यटकीय प्रचुर सम्भावना भएपनि भौगोलिक हिसाबले जिल्लाकै विकट मानिने ककनीमा विद्युत विस्तार भएपछि स्थानीय हर्षित भएको केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले बताए ।

यो आयोजना ६ करोड ४२ लाख ८८ हजार ९ सय ३३ रुपैयाँ लागतमा सम्पन्न भएको छ । जसमा केन्द्रको ९० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत लगानी रहेको छ । आयोजनामा सुनकोसी गाउँपालिकाले ६० लाख र हाउस वायरिङको लागि सुनकासी गाउँपलिका वडा नम्बर ९ ले २ लाख रुपैयाँ रकम विनियोजन गरेको थियो । मिनी ग्रिडबाट ककनीका १९१ घरधुरी लाभान्वित भएका छन् । ककनीका विद्यालय र स्वास्थ्य संस्थामा समेत विद्युत जडान गरिएको छ ।

भौगोलिक विकटताका कारण केन्द्रीय विद्युत विस्तार गर्न खर्चिलो हुने र तत्काल विद्युतिकरणको सम्भावना नहुने भएपछि सुनकोसी ९ का तत्कालिन वडाअध्यक्ष एवम् ऊर्जा विकास उपसमितिका संयोजक समेत रहेका झनककुमार कार्कीले उत्तम विकल्पको रुपमा ककनीमा सौर्य मिनिग्रिड स्थापनाको योजना बनाउन पहल थालेका थिए । कार्कीकै कार्यकालमा योजना सम्झौता गरि ठेक्का लगाएर काम सुरु गरिएको थियो ।
विद्युत सुविधासँगै अन्य थुप्रै सम्भावनाका स्रोतहरू आएको ककनीका नरबहादुर सुनुवारले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit