विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङको दोर्दी खोला बेसिनका जलविद्युत आयोजनाबाट १ सय ९५ मेगावाट विद्युत उत्पादन हुने भएको छ । दोर्दी बेसिनमा निर्माणको विभिन्न चरणमा रहेका ६ जलविद्युत आयोजनाबाट यति विद्युत उत्पादन हुने देखिएको हो ।

 निजी क्षेत्रको १९ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ लगानीका ४ जलविद्युत आयोजना निर्माणाधीन छन् । निर्माणाधीन यी आयोजनाको जडित क्षमता १ सय १८ मेगावाट छ । अहिले २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, २७ मेगावाटको दोर्दी खोला, १२ मेगावाटको दोर्दी–१ र ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ आयोजना निर्माणाधीन छन् । निर्माणाधीन आयोजनामध्ये पनि माथिल्लो दोर्दी ‘ए’, दोर्दी खोला र दाेर्दी–१ विद्युत उत्पादन सुरु गर्ने चरणमा छन् ।

आयोजनाको विद्युत प्रवाह हुने १३२ केभी दोर्दी कोरिडोर प्रसारण लाइन पूरा भइनसकेकाले यी आयोजनाको विद्युत उत्पादन गर्ने अवधि पटक–पटक सर्दै आएको छ । नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइनको काम सम्पन्न गरेर जेठदेखि सञ्चालन गर्ने भनिरहेकाले चालू आर्थिक वर्षभित्र यी आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा जोडिने सम्भावना छ ।

माथिल्लो दोर्दी ‘ए’ लिबर्टी इनर्जी कम्पनीले र दोर्दी खोला हिमालयन पावर पार्टनर कम्पनीले निर्माण गरिरहेका हुन् । दोर्दी खोला जलविद्युत कम्पनीले निर्माण गरिरहेको दोर्दी–१ पनि अन्तिम चरणमा छ । संरचना निर्माणको काम पूरा भइरहेको आयोजनाले प्रसारण लाइनको समस्याकै कारण विद्युत उत्पादन गर्न सकेको छैन ।

पिपुल्स हाइड्रो पावर कम्पनीले अघि बढाएको सुपर दोर्दी ‘ख’ समेत ७५ प्रतिशत पूरा भइसकेको छ । यो आयोजनाबाट २०७८ फागुनदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका छ । बाँध क्षेत्रका संरचनाको निर्माण बैशाखभित्र पूरा हुँदैछ । आयोजनाको ५.१ मिलोमिटर लामो मुख्य सुरुङ ४.५५२ किलोमिटर खनेर सकिएको छ । बाँकी सुरुङ असारभित्र खनिसक्ने लक्ष्य छ ।

यो बेसिनमा ७७ मेगावाट २ आयोजना अध्ययनको चरणमा छन् । ५७ मेगावाटको हिमचुली दोर्दी र २०.८ मेगावाटको दोर्दी दूधखोला आयोजनाको अध्ययन भइरहेको छ । 

सुपर दोर्दी ‘ख’ को प्रवद्र्धक पिपुल्स हाइड्रोले नै हिमचुली दोर्दी निर्माण गर्दैछ । कम्पनीले आयोजनाको उत्पादन अनुमतिपत्रका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ । गोमा गणेश हाइड्रो पावर कम्पनीले दोर्दी दूधखोला निर्माण गर्दैछ । आयोजनाको अध्ययन पूरा हुने चरणमा छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit