images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बुटवल पावर कम्पनी (बिपिसी) लिमिटेडको अगुवाईमा बन्ने १३५ मेगावाटको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजना निर्माण सम्बन्धमा आइतबार (पुस ३ गते) आयोजना विकास सम्झौता (पिडिए) भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र बिपिसीबीच पिडिए भएको हो ।

मन्त्रालयका प्रवक्ता समेत रहेका ऊर्जा महाशाखाका सहसचिव मधुप्रसाद भेटुवाल र बिपिसीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले पिडिएमा हस्ताक्षर गरेका छन् । मन्त्रालयसँग लामो समयदेखिको छलफल र वार्तापछि पिडिएमा हस्ताक्षर गर्न सम्भव भएको जोइन्ट भेन्चर कम्पनी (जेभिसी) मनाङ मर्स्याङ्दी हाइड्रो पावर कम्पनी प्रालि.का उपमहाप्रबन्ध प्रतीकमान सिंह प्रधानले बताए ।

‘आयोजनामा ८० प्रतिशत चिनियाँ कम्पनीको र २० प्रतिशत बिपिसीको लगानी रहनेछ’, उनले ऊर्जा खबरसँग भने, ‘पिडिए भएपछि मात्र चिनियाँ कम्पनीको लगानी आउने भएकोले आज सम्झौता गर्यो, अब चिनियाँ कम्पनीले लगानीका लागि ऋणदाता खोज्नेछ ।’

आयोजनामा चीनका एससीआईजी इन्टरनेशनल लिमिटेड, छिङ्गचेङ्ग इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड, क्यूवाईसी इन्टरनेशनल कम्पनी लिमिटेडले लगानी गर्ने यसअघि नै समझदारी भइसकेको छ । 

निर्माण अवधिको ब्याजबाहेक करिब ३३ अर्ब ३८ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा २६ अर्ब ७० करोड रुपैयाँ चिनियाँ बैंकबाट ऋण ल्याइनेछ । ६ अर्ब ६७ करोड ६० लाख रुपैयाँ स्वपुँजी लगानी हुनेछ । यसमध्ये २० प्रतिशतमात्र स्वदेशी (बिपिसी) को लगानी रहनेछ ।

प्राधिकरणले विद्युत खरिद दरमा वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म सामान्य मूल्यवृद्धिको सुविधा प्रस्ताव गरेको छ । आयोजनाबाट वार्षिक ७५ करोड ९ लाख ४८ हजार ८ सय ७५ युनिट विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ । यद्यपि, प्राधिकरणले वार्षिक ७६ करोड ६५ लाख ९३ हजार ६ सय ४३ युनिट बिजुली किन्ने गरी मस्यौदा पिपिए गरेको छ ।

योजनाको विद्युत् खरिद सम्झौता (पिपिए) २०७७ चैत ९ गते भएको थियो । विद्युत नियमन आयोगले सिफारिस गरेको दर (हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ) मा प्राधिकरणले विद्युत किन्ने टुंगो लागेको छ । आयोजनाबाट हुने वार्षिक प्रतिफल १७ प्रतिशतभन्दा बढी हुन नहुने र त्यो भन्दा बढी भए पिपिए दर घट्ने सर्तअनुसार पिपिए भएको छ ।

यसअघि, सय मेगावाटभन्दा ठूला र विदेशी लगानी रहेका आयोजनाको पिपिए अमेरिकी डलरमा हुँदै आएको थियो । तर, मनाङ मर्स्याङ्दीमा भने चिनियाँ लगानी भए पनि स्वदेशी मुद्रामै पिपिए गरिएको छ ।

पछिल्ला ८ वर्ष टेक अर पे प्रावधानको पिपिए भए पनि प्राधिकरणले बर्खामा आयोजनाको ९० प्रतिशतमात्र विद्युत् किन्ने सर्त कायमै राखेको छ । जसअनुसार बर्खाको १० प्रतिशत ऊर्जा प्राधिकरणले चाहेको समयमा मात्र किन्न सक्छ । आयोजनाको काम निर्माण सुरु भएको ४ भित्र सम्पन्न गरिनेछ ।

आयोजनाबाट उत्पादित विद्युत जोड्न प्राधिकरणले मनाङकै धारापानीस्थित २२० केभी स्वीचयार्ड सिफारिस गरेको छ । त्यहाँसम्म विद्युत पुर्याउन प्रवद्र्धकले विद्युतगृहदेखि करिब २ किलोमिटर प्रसारण लाइन निर्माण गर्नपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit