विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सोलुखुम्बु्मा निर्माणाधीन ८६ मेगावाटको सोलु खोला (सोलु दूधकोसी) जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । सोलु बेसिनमा निर्माणाधीन आयोजना पूरा हुने चरणमा पुग्न लागेको हो ।

साहस ऊर्जा कम्पनीले निर्माण गरिरहेको आयोजनाको ७४ प्रतिशत सम्पन्न भएको छ । आयोजनाको बाँध क्षेत्रका सबै संरचनाको निर्माण पूरा भएको कम्पनीका अध्यक्ष हिम पाठकले बताए ।

बाँध क्षेत्रमा अब सुरक्षा पर्खाल लगाउने, तारजाली लगाउने लगायतका काम मात्रै बाँकी छन् । ‘हाम्रो आयोजना अब पूरा हुने चरणमा पुग्न लागेको छ,’ उनले ऊर्जा खबरसँग भने,‘कुनै समस्या नहुने हो भने लक्ष्यअनुसार नै विद्युत उत्पादन गर्न सक्छौं भन्ने लागेको छ ।’

आयोजनाको मुख्य सुरुङ ९४ प्रतिशत सकिएको छ । बाँकी ६ प्रतिशत काम बढीमा ३ महिनाभित्र सम्पन्न गरिसक्ने योजना रहेको पनि उनले बताए । कमजोर भौगोलिक अवस्थाका कारण मुख्य सुरुङ खन्न समय लागिरहेको उनले बताए ।

‘अहिलेसम्म मुख्य सुरुङ सम्पन्न भइसक्नु पर्ने हो । तर, कमजोर भौगोलिक अवस्थाले बेला–बेलामा सुरुङ खन्न समस्या भइरहेको छ । कहिँको चट्टान राम्रो छ, कहिँ कमजोर छ । यही कारणले अहिलेसम्म पूरा गर्न सकिएन’ उनले भने ।

आयोजनाको कूल ७ हजार ६ सय ५४ मिटर लामो सुरुङ छ । जसमा मुख्य सुरुङ ४४ सय ६६ मिटर लामो छ । २५५ र १८९ मिटर लामो भर्टिकल साफ्ट ‘बे्रक थ्रु’ भएको पाठकले जानकारी दिए । पेनस्टक पाइप जडानको काम धमाधम भइरहेको छ ।

विद्युतगृहमा छानो छाउन सुरु गरिएको छ । विद्युतगृहमा जडान हुने इलेक्ट्रोमेकानिकल उपकरण आयात हुने क्रममा रहेको पनि उनले बताए । अहिले बर्खामा बढी तौल भएका उपकरण ढुवानी गर्न सकिएको छैन ।

बर्खा सकिए लगत्तै भारतबाट इलेक्ट्रोमेकानिकल उपकरण आयात गरी विद्युतगृहमा जडान सुरु गरिने कम्पनीले जनाएको छ । कुनै अवरोध नआए आयोजनाबाट २०७८ चैतदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनकाे तिन्लास्थित लम्माने सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक १२ किलाेमिटर लामाे १३२ केभी प्रसारण लाइन कम्पनीले नै निर्माण गर्नेछ ।

आयोजना सम्पन्न भएपछि वार्षिक ५२० गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । हिउँदमा १००.२७ गिगावाट ङन्रटा र वर्षामा ४१९.९३ गिगावाट घन्टा विद्युत उत्पादन गर्न सकिने कम्पनीले जनाएकाे छ । 

यो आयोजना सम्पन्न गर्न ११ अर्ब ८६ करोड रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ९ बैंकले ८ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । साढे ३ अर्ब रुपैयाँ स्वपुँजी लगानी छ । जसमा २ अर्ब ४५ करोड रुपैयाँ संस्थापक सेयर लगानी छ । बाँकी १ अर्ब ५ करोड रुपैयाँ साधारण सेयर निष्कासनबाट जुटाइने भएको छ ।

सोलु बेसिनमा सोलू दूधकोसीबाहेक पनि ८२ मेगावाटको तल्लो सोलु, १९.८ मेगावाटको माथिल्लो सोलु, ५ मेगावाटको जुनबेंसीलगायत आयोजना निर्माणाधीन छन् । २३.५ मेगावाटको सोलु निर्माण पूरा भई सञ्चालनमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit