विद्युत अपडेट

  • प्राधिकरण : ५२४८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९१० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६८३८ मे.वा.घन्टा
  • आयात : ८९७७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७०९३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०८३ मे.वा.
२०८२ चैत ६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनभित्रै यसअघि मन्त्रिपरिषद्ले निर्णय गरे अनुसार १५०० मेगावाट बराबरका नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाहरूको विद्युत खरिद सम्झौता (पीपीए) खुल्ने बताएका छन् ।

पिपिए गर्ने विषयमा सम्पूर्ण अध्ययन पूरा गरेर सञ्चालक समितिमा पेश गरिसकेको जानकारी दिँदै उनले उक्त कुरा बताएका हुन् । ‘अब खुल्ने आरओआरको पीपीए क्यू४० मै डिजाइन हुने गरी खोल्न लागिएको हो, कसैलाई पछि क्यू२५ मा जान इच्छा भए जान सकिन्छ,’ आज (असोज २ गते) स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले पिपिए खुल्ने विषयमा लिखितरूपमा प्राधिकरणसँग मागेको जानकारीको सन्दर्भमा उनले भने ।

‘जलविद्युत आयोजनाको विकास, सर्वेक्षण एवम् उत्पादन अनुमतिपत्र निर्देशिका तथा विद्युत खरिद बिक्री सम्झौतामा अवलम्बन गर्नुपर्ने नीतिगत ब्यवस्था सम्बन्धी प्रतिवेदन, २०७९ ले विगत साढे तीन वर्षदेखि रोकिएको पिपिए खुला गर्ने व्यवस्था गरेको छ । तर, यसमा प्राधिकरणले अहिलेसम्म कुनै कारबाही नगरेको भन्दै गुनासो गर्दै आएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री स्तरीय निर्णयबाट पारित भएको उक्त प्रतिवेदन करिब डेढ महिनासम्म कार्यान्वयनमा आउन सकेको छैन । प्राधिकरणले अहिलेसम्म पिपिए प्रक्रिया सुरु नगर्दा जलविद्युत विकासमा अन्योलता उत्पन्न हुँदै गएको इपानले उल्लेख गरेको छ ।

मागपत्र लिएर कार्यकारी निर्देशक घिसिङलाई इपानका अध्यक्ष कृष्णप्रसाद आचार्य, उपाध्यक्ष गणेश कार्की र मोहनकुमार डाँगी, महासचिव गोरे शेर्पा, सचिवहरू बलराम खतिवडा, सदस्य उत्तम भ्लोन लामाको टोली गएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३