विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ फाल्गुण ११, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकासमा उल्लेखनीय र गुणात्मक प्रगति भएको बताएका छन् । उनको बिदाइका लागि आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले दीर्घकालीन विद्युत् व्यापार सम्झौता र आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने सहमति आफ्नो कार्यकालको सबैभन्दा महत्वपूर्ण उपलब्धि भएको बताए ।

मन्त्री बस्नेतले ऊर्जा क्षेत्रमा भएको उपलब्धिले मुलुकको समृद्धिका लागि मार्ग प्रशस्त गरेको र त्यसले अर्थतन्त्रलाई समेत सबल बनाउने विश्वास व्यक्त गरे। नेपालको विकास प्रक्रियालाई गति दिने तथा आर्थिक समृद्धिको आधार स्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रलाई गति दिने र रोकिएका काम यस अवधिमा सम्पन्न भएकामा खुसी व्यक्त गरे।

ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन, डेढ दर्जन बढी सबस्टेसन तथा प्रसारण लाइन सम्पन्न भएको जानकारी दिँदै मन्त्री बस्नेतले अन्य केही कार्यक्रम यसबीचमा सम्पन्न भएका बताए । ऊर्जा मिश्रण अवधारणाअनुसार ८०० मेगावाट क्षमताको सौर्य परियोजना अगाडि बढाइएको र त्यसलाई प्रतिस्पर्धाका आधारमा अगाडि बढाउन लागिएको उनको भनाइ छ ।

राष्ट्रिय गौरवका आयोजनालाई गति दिने, सञ्चालनमा रहेका सिँचाइ आयोजनाको क्षमता विस्तार तथा थप १० लाख हेक्टर क्षेत्रमा सिँचाइ पुर्‍याउने लक्ष्यका साथ काम अगाडि बढाइएको र त्यसले आगामी केही वर्षमा परिणाम देखिने मन्त्री बस्नेतले उल्लेख गरे। उनले सामूहिक भावनाका साथ काम गर्ने तथा गराउन प्रयत्न गरिएको उल्लेख गर्दै ऊर्जा विकास कार्ययोजना, माथिल्लो अरुण, दूधकोशी जस्ता आयोजना अगाडि बढाउन अन्तिम चरणमा पुर्‍याइएका बताए। मन्त्री बस्नेतले आगामी दिनमा फरक भूमिकामा रहे पनि आफूले अगाडि बढाएका कामलाई गति दिन साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी र जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्माले मन्त्री बस्नेतको कार्यकालमा भएका काम कारबाही उल्लेखनीय र रणनीतिक महत्वका रहेका तथा यसले समग्र क्षेत्रको विकासमा महत्व राख्ने बताए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३