विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विद्युत् विकास विभागले चालु आर्थिक वर्ष (आव २०८१/८२) को पहिलो त्रैमासमा २७०.५ मेगावाटका १४ वटा विद्युत् आयोजनालाई उत्पादन अनुमति पत्र प्रदान गरेको छ । विभागले चालु आवको साउनदेखि असोज अन्तिमसम्म ती आयोजनालाई उत्पादन अनुमति पत्र प्रदान गरेको हो । यो सँगै विभागले हालसम्म १० हजार २३१ मेगावाटका २७७ विद्युत् आयोजनालाई अनुमति पत्र प्रदान गरिसकेको विभागद्वारा जारी चालु आवको पहिलो त्रैमासिक प्रगति विवरणमा उल्लेख छ । यी आयोजना निर्माणका विभिन्न चरणमा छन् ।

हाल विभागमा ११ हजार २२६ मेगावाट बराबरका ७६ आयोजनाले पेश गरेको उत्पादन अनुमतिपत्रको दरखास्त विचाराधीन अवस्थामा छन् । अनुमति पत्र प्रदान गर्नका लागि आवश्यक विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) लगायत आवश्यक प्रक्रिया पूरा नभएकाले यी आयोजनाले उत्पादन अनुमति पत्र प्राप्त गर्न नसकेको विभागका महानिर्देशक नवीनराज सिंहले ऊर्जा खबरसँग बताए । ‘हामीले यी आयोजनाहरूलाई पीपीएको पर्खाइमा रहेका आयोजना भनेर बुझ्ने गरेका छौँ,’ उनले भने ।

प्रगति विवरण अनुसार पहिलो त्रैमासमा विभागमा १ हजार १०४ मेगावाटका २ वटा आयोजनाले उत्पादन अनुमति पत्रका लागि दरखास्त दिएका छन् ।
त्यस्तै, यो पहिलो त्रैमासमा ११९ मेगावाटका १० वटा आयोजनाको सर्वेक्षण अनुमति पत्रका लागि आवेदन प्राप्त भएको छ । त्यस्तै विभागमा हाल ८ हजार ७७७ मेगावाटका १२४ वटा आयोजनाको सर्वेक्षण अनुमतिपत्र विचाराधीन अवस्थामा छन् ।

प्रसारण लाइनतर्फ पहिलो त्रैमासमा २९ किलोमिटर (किमि) लामो ४०० केभीको एउटा, ११३ किमि २२० केभीको ३ वटा, १६९ किमि १३२ केभीको ८ वटा र ५६ किमिको ३३ केभी ८ वटा प्रसारण लाइनको सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ ।

यस अवधिमा विभागले ५ किमि लामो ४०० केभि प्रसारण लाइनको एउटा, १२ किमि २२० केभिको प्रसारण लाइन २ वटा, ३.८७६ किमिको १३२ केभीको एउटा र २३ किमि ३३ केभीको २ वटा प्रसारण लाइनको सर्वेक्षण निर्माण अनुमति पत्र जारी गरेको छ ।

विभागले यस अवधिमा निर्माण चरणमा रहेका निजी क्षेत्रका आयोजनाहरूका लागि आवश्यक विदेशी मुद्राको सटही सुविधा, भन्सार/मूल्य अभिवृद्धि कर सुविधा तथा विस्फोटक पदार्थ एवं सुरक्षा जस्ता विषयमा १७२ वटा सिफारिस पत्र प्रदान गरेको छ । आयोजना निरीक्षणका लागि २८ वटा, भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर छुट सिफारिस १२४ वटा र विदेशी मुद्राको सटही सुविधाका लागि २० वटा सिफारिस प्रदान गरेको प्रगति विवरणमा उल्लेख छ ।

चालु आवको पहिलो त्रैमासमा विभिन्न सेवा तथा कार्यसम्पादन मार्फत विभागले ३० करोड, २० लाख ५ हजार ३४८ रुपैयाँ राजस्व संकलन समेत गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३