विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सांसदहरूले ठुलो जलाशय आयोजना सरकार आफैंले बनाउन माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबार (२७ गते) भएको बैंठकमा सांसद गोर्कणराज विष्टले ठूलाठूला जलाशय आयोजना सरकार आफैंले बनाएर मूलुकलाई बिजुलीमा आत्मनिर्भर बनाउन माग गरेका हुन् ।

लामो समयसम्म वर्षायाम र सुख्खायाममा बिजुली भारतबाट आयात गर्नुपर्ने अवस्था रहेकाले बिजुलीको आवश्यकता पूरा गर्न जलाशययुक्त आयोजना सरकार आफैंले बनाउनु पर्ने उनको भनाइ थियो । ११२ वर्षमा २१७१ मेगावाट मात्र बिजुली उत्पादन गरेको भन्दै उनले भने ‘पश्चिम सेती र बुढीगण्डकी जस्ता ठूला आयोजना बेवारिसे बनेकोले सरकार आफैं बनाउका लागि अग्रसर हुनुपर्छ ।’

‘१२ वर्ष अगाडि राज्यको स्वामित्वमा ल्याएको पश्चिम सेती बन्नुपर्ने हो तर अहिलेसम्म कुनै प्रगति भएको छैन्, उनले भने, ‘कतै यसका पछाडि अवाञ्छित तत्व त जोडिएको छैन् ?

यस्तै, सांसद विष्टले बूढीगण्डकी आयोजना निर्माणमा जान नसकेको भन्दै यो आयोजना कुन समयमा कुन मोडेलमा बन्ने हो स्पष्ट गर्न सरकारसँग माग गरे ।

सांसद दुर्गा पौडेलले ऊर्जा मन्त्रालयले राष्ट्रिय गौरवका आयोजनामा विदेशी कम्पनीलाई बनाउन दिने काम भइरहेकोले त्यसलाई रोक्दै सरकारले नै ठूला आयोजना बनाउनुपर्ने बताए । ‘ठूला नदीनाला विदेशीलाई सुम्पने अनि सरकारले के गर्ने त ?’ उनले भने, ‘गौरवशाली आयोजनालाई आफैंले बनाउनुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३