विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । नेपाल बिधुत प्राधिकरणकाे ३६औं वार्षिकाेत्सवकाे उपलक्ष्यमा हामी सम्पूर्ण कर्मचारी एवं ग्राहक बर्गहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। नेविप्रामा ब्याप्त बेथिति, विसंगति, विभेद , वेभिचारिता, कमिसनतन्त्र सबैको अन्त्य गर्दै उज्यालो नेपालका महानायक हाम्रा कार्यकारी निर्देशक कुलमान घिसिङज्युबाट आउने आर्थिक वर्षमा २० अर्ब रुपैयाँ नाफा कमाउने लक्ष्य राख्नुभएकाे छ । याे हामी ११ हजार कर्मचारीका लागि प्रेरणादायी बनाेस्, यसका लागि कार्यकारी निर्देशकज्यूलाई म एउटा सामान्य प्राविधिक कर्मचारीले सदा सहयाेग गरिरहनेछु ।

इन्जिनियरिङ्ग  सेवा निर्देशनालयअन्तर्गत विभिन्न राष्ट्रिय गौरवका आयोजनाहरूको विस्तृत आयाेजना प्रतिवेदन (डिपिआर) निर्माणकाे अध्ययन कार्यमा ढिलासुस्ती भइरहेकाे छ । साथै, कोरोना संक्रमणका बखतमा समेत ज्यानको प्रवाह नगरी संस्थाको शिर उँचो बनाउन तल्लीन श्रमिकहरूले पाउनुपर्ने प्रोत्साहन भत्तामा भएको विभेद (शक्ति केन्द्रलाई पोस्ने, १०-५ हाजिर मात्र गर्नेको फिल्डमा खटिएका श्रमिकहरूको भन्दा ४ गुणा बढी मूल्यांकन हुनु ) भएकाे देखिन्छ । जसका कारण कुशल प्राविधिकहरूमा नैराश्यता हुन गई माथिल्लो अरुणलगायतका ड्रिलिङकाे कार्य पूर्णरूपमा प्रभावित हुन पुग्नुले उक्त आयोजनाको डिजाइन कार्य समेत प्रभावित हुन्ने पक्का भएको छ ।

कुलमान सर पहिलाे पटक कार्यकारी निर्देशक हुनुभएका बखत माथिल्लो अरुणको करिब ४५०० मिटर ड्रिलिङ सम्झौताको कार्य  सम्पन्न गर्ने जिम्मेवारी माटो, ढुङ्गा  तथा कन्क्रिट प्रयोगशालाले पाएको थियाे । तर, ६ सेट ड्रिलिङ मेशिन मोबिलाइज भएकोमा ९ महिनामा जम्मा ५०० मिटरमात्र सम्पन्न हुनु लाजमर्दो प्रगति हो । स्मरण  रहोस् बझाङ स्थित चैनपुर सेतीको जम्मा एक सेट मेशिनमात्र मोबिलाइज हुँदा पनि जम्मा २ महिनामा नै २५० मिटर ड्रिलिङ भएको छ ।

बेतन कर्णालीको छोटो समयमा नै ड्रिलिङ सम्पन्न  भइसकेको एवम्  उत्तरगंगा जस्तो विकट आयोजनाको ४ वर्षदेखि रोकिएको ड्रिलिङ समन्न उन्मुख देखिएको छ । याे प्रगति कुलमान सरकाे पहिलाे कार्यकालमा नभइ छाेटाे समय हितेन्द्रदेव शाक्य सर कार्यकारी निर्देशक हुँदा भएकाे हाे ।

श्रमिकहरूको उचित मूल्यांकन  नहुँदा एकातिर विभेद देखिएको छ भने अर्कोतिर आयोजनाको डिपिआर समयमा सम्पन्न नहुँदा उक्त आयोजनाको लागत मूल्य र समयसीमा बढ्ने निश्चित प्रायः छ । यस आर्थिक वर्षमा यी र यस्ता विकृतिलाई बेलैमा रोक्न/रोकाउन सकिएन भने २० अर्ब कमाउने  लक्ष्य  पूरा हुन गाह्राे छ । स्मरण रहोस् आजको दिन सम्पूर्ण  कर्मचारी साथिहरूबाट सफथ लिँदै यो लक्ष्य  असम्भव छैन हामी  पुरा गर्छौं भन्ने प्रण गर्दै आ-आफ्नो जिम्मेवारीलाई आत्मशात गर्ने हो भने असम्भव  छैन ।

गत वर्ष  उज्यालो नेपालको अभियानमा  अहोरात्र खटिँदा आफ्नो ज्यान बलिदान दिनुहुने श्रमिक साथिहरूलाई नेविप्राको सहिद घोषणा गर्न माग राख्दै मृतात्माप्रति हार्दिक  श्रद्दासुमन प्रकट गर्दछु । साथै, अङ्गभङ्ग  हुनुभएका श्रमिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उचित क्षतिपूर्ती प्रदान हाेस् । अन्त्यमा, यस वर्ष आम उपभोक्ताले सस्तो मूल्यमा विद्युत उपभोग गर्ने वातावरण  सिर्जना हुँदै इन्धनको खरिदमा विदिशिने रकम स्वदेशकै विकास निर्माणमा उपयोग हुने वातावरण पनि बनाेस् । यही कामना सहित सम्पूर्ण सरोकारवाला निकायका ध्यानाकर्षण  गराउँदै ३६औं वार्षिकाेत्सवले नयाँ उमङ लिएर आअाेस् हार्दिक शुभकामना 

दिनेश शिवाकोटी " चिन्तक "

केन्द्रीय  सदस्य (निवर्तमान) 

नेविप्रा कर्मचारी संघ

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit