विद्युत अपडेट

  • प्राधिकरण : ९८८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८८१२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २२३९७ मे.वा.घन्टा
  • आयात : ३७८० मे.वा.घन्टा
  • निर्यात : ३०५२ मे.वा.घन्टा
  • ट्रिपिङ : २०४० मे.वा.घन्टा
  • ऊर्जा माग : ४६९१८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२१२ मे.वा.
२०८२ जेठ २६, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा


श्रीमान्, कार्यकारी निर्देशकज्यू

नेपाल विद्युत प्राधिकरण, रत्नपार्क ।

कोरोना महामारी (कोभिड–१९) को समयमा गरिएको लकडाउनमा समेत ज्यानको प्रवाह नगरी कार्यक्षेत्र (फिल्ड) मा खटिएका इन्जिनियरिङ सेवा निर्देशनालयका श्रमिकहरू ‘कोरोना जोखिम भत्ता’बाट बञ्चित हुन पुगेका छन् । हामीले विकट जिल्लामा खोलाको किनारमा पाल टाँगेर सुतेर पनि कार्यालयले तोकेको जिम्मेवारी पूरा गरेका छौं । ती श्रमिकहरूले विगत एक वर्षदेखि तत्कालीन इन्जिनियरिङ सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल सरले भुक्तानी आदेश दिँदा समेत पुरानो भत्तम पाएका छैनन् ।

अझ चालू आर्थिक वर्षको श्रावण महिनाको इपिआर समेत उपलब्ध हुन सकेन । अन्यायमा परेका श्रमिकहरू २१० मेगावाटको चैनपुर सेतीको सर्ज साफ्टको ड्रिलिङको काम बन्द गरी न्याय खोज्न सर्वोच्च अदालतमा आवेदन दिन काठमाडौं फर्किने तयारीमा छन् । स्मरण रहोस्, उज्यालो नेपालका नायक अर्थात् हाम्रा कार्यकारी निर्देशकज्यूले २० अर्ब रुपैयाँ नाफा कमाउने लक्ष्य यसरी नै श्रमिकको श्रम शोषण गरेर पूरा हुने हो ? लेखा प्रमुख कलाधर गौतम र पे–रोल बनाउने लेखा सहायक एवं कर्मचारी संघका उपमहासचिव पुष्प भट्टराईको गैरजिम्मेवारपूर्ण कदमले प्राविधिकहरूको एक वर्षको भत्ता रोकिएको छ । यसरी श्रम शोषण भइरहँदा पनि उच्च व्यवस्थापनको ध्यानाकर्षण किन हुँदैन ?

आदरणीय कार्यकारी निर्देशकज्यूमा अनुरोध छ कि, बझाङलगायत देशैका विभिन्न आयोजनामा कार्यरत श्रमिकहरूको तर्फबाट एक वर्षदेखिको इपिआर भत्ता र कोरोना संक्रमणका बखत लकडाउनको अवधिमा कार्यरत इन्जिनियरिङ निर्देशनालयका श्रमिकहरूले पाउने भत्ता उपलब्ध गराइयोस् । श्रमिकको भत्ता रोक्न वा रोक्न लगाउने विषय छानबिन गरी दोषीलाई जिम्मेवारीबाट मुक्त गरियोस् । र, रोकिएको इपिआर भत्ता र कोरोना संक्रमणकालको जोखिम भत्ता उपलब्ध गराई श्रमिकहरूको गिरेको मनोबल उच्च बनाई अनवरत सेवा गर्ने वातावरण मिलाइदिनुहुन हार्दिक अनुरोक गर्दछु ।

दिनेश शिवाकोटी
सहायक इन्जिनियर (सिभिल)
इन्जिनियरिङ सेवा निर्देशनालय
हाल : चैनपुर सेती, बझाङ

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३