काठमाडौँ । विद्युत् विकास विभागले गत आर्थिक वर्ष (आव २०८१/८२) मा विद्युत् उत्पादन गर्ने २० वटा कम्पनीलाई सम्मान गरेको छ । उक्त आवमा विभागबाट उत्पादन अनुमति पत्र लिएका कुल २० विद्युत् आयोजनाले ४३२.१६ मेगावाट विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरेका छन् ।
विभागको ३२औँ वार्षिकोत्सवका अवसरमा बिहीबार सानोगौचरणस्थित विभागकै सभाहलमा आयोजित समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ती विद्युत् आयोजना प्रवर्द्धन गर्ने कम्पनीका सञ्चालकहरूलाई प्रशंसापत्रसहित सम्मान गरेका हुन् । सम्मानित हुने कम्पनीहरू मध्ये १६ वटा जलविद्युत् र ४ वटा सौर्य विद्युत् आयोजना विकास गर्नेहरू रहेका छन् ।
कार्यक्रममा मन्त्री खड्का, विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, ऊर्जा सचिव सुरेश आचार्य, सिँचाइ सचिव सरिता दवाडी, इपानका वरिष्ठ उपाध्यक्ष मोहन डाँगीलगायतले नेपालको ऊर्जा विकासमा विद्युत् विकास विभाग र निजी क्षेत्रको भूमिकाबारे चर्चा गरेका थिए ।
देशको ऊर्जा विकासको केही नियामकीय भूमिकासहित सहजीकरण गर्ने निकायको रुपमा सरकारले वि.सं. २०५० साल साउन १ गते कानुन अनुसार विद्युत् विकास विभागको स्थापना गरेको थियो ।
आर्थिक वर्ष २०८१/८२ मा विद्युत् उत्पादन गरी सम्मानित हुने कम्पनीहरूको सूची
क्र.स | आयोजनाको नाम | जडित क्षमता (मे.वा) | प्रवर्द्धक कम्पनीको नाम | जिल्ला | व्यापारिक उत्पादन मिति |
१. | दुधकुण्ड खाेला जलविदयुत् आयोजना | १२ | माउण्ट एभरेष्ट पावर डेभलप्मेन्ट लिमिटेड | सोलुखुम्बु | २०८१/०४/१६ |
२. | निलगिरी खाेला जलविदयुत् आयोजना | ३८ | निलगिरी खाेला हाइड्रोपावर कम्पनी लिमिटेड | म्याग्दी | २०८१/०४/२१ |
३. | माथिल्लाे रिचेत खाेला जलविदयुत् आयोजना | २ | अप्पर रिचेत हाइड्रोपावर प्राइभेट लिमिटेड | गोरखा | २०८१/०५/२७ |
४. | सेती नदी जलविदयुत् आयोजना | २५ | भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड | कास्की | २०८१/०७/०७ |
५. | सान्जेन जलविदयुत् आयोजना | ४२.५ | सान्जेन जलविदयुत् कम्पनी लिमिटेड | रसुवा | २०८१/०९/०१ |
६. | सुपर काबेली खाेला ए जलविदयुत् आयोजना | १३.५ | स्नाे रिभर्स लिमिटेड | ताप्लेजुङ | २०८१/०९/०५ |
७. | रसुवागढी जलविदयुत् आयोजना | १११ | रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड | रसुवा | २०८१/०९/१६ |
८. | लखुवा खाेला साना जलविदयुत् आयोजना | ५ | सभापाेखरी हाइड्रोपावर लिमिटेड | संखुवासभा | २०८१/१०/२४ |
९. | सान्जेन खाेला जलविदयुत् आयोजना | ७८ | सालासुङ्गी पावर प्राइभेट लिमिटेड | रसुवा | २०८१/१०/२९ |
१०. | भिमखाेला साना जलविदयुत् आयोजना | ४.९६ | शिखर पावर डेभलप्मेन्ट लिमिटेड | बागलुङ | २०८१/११/२५ |
११. | सुपर काबेली खाेला जलविदयुत् आयोजना | १२ | हिलटन हाइड्रो इनर्जी लिमिटेड | ताप्लेजुङ | २०८१/१२/०२ |
१२. | सुपर हेवा खाेेला जलविदयुत् आयोजना | ६ | सुपर हेवा पावर कम्पनी लिमिटेड | संखुवासभा | २०८२/०१/०१ |
१३. | माथिल्लाे लाेहाेरे खाेला जलविदयुत् आयोजना | ४ | अप्पर लाेहाेरे खाेला हाइड्रोपावर कम्पनी लिमिटेड | दैलेख | २०८२/०१/०४ |
१४. | करुवा सेती जलविदयुत् आयोजना | ३२ | झ्यामालोङ्गमा हाइड्रोपावर डेभलप्मेन्ट कम्पनी लिमिटेड | कास्की | २०८२/०१/१९ |
१५. | जाेगमाइ क्यास्केड जलविदयुत् आयोजना | ५.२ | सान्भी इनर्जी लिमिटेड | इलाम | २०८२/०३/११ |
१६. | रेले खाेला जलविदयुत् आयोजना | ६ | हिम कन्सल्ट लिमिटेड | म्याग्दी | २०८२/०३/२३ |
१७. | जिरा भवानी सेढवा सौर्य विदयुत् आयोजना | ७.७ | तराई इनर्जी प्राइभेट लिमिटेड | पर्सा | २०८१/१२/१३ |
१८. | डिडिबी सौर्य विदयुत् आयोजना | २.३ | तराई इनर्जी प्राइभेट लिमिटेड | पर्सा | २०८१/१२/१३ |
१९. | धरमनगर साेलार फार्म आयोजना | १० | पशुपति रिन्यूएबल्स लिमिटेड | कपिलवस्तु | २०८२/०१/०४ |
२०. | धरमनगर साेलार फार्म आयोजना–२ | १५ | पशुपति रिन्यूएबल्स लिमिटेड | कपिलवस्तु | २०८२/०२/२८ |