विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज ४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा ३ सहसचिवको जिम्मेवारी हेरफेर

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय नीति महाशाखाका प्रमुख नवीनराज सिंहलाई विद्युत् विकास विभागको महानिर्देशक नियुक्त गरिएको छ । साउन १७ गतेको मन्त्रीस्तरीय निर्णयबाट उनलाई उक्त जिम्मेवारी तोकिएको हो । यसअघि पनि उनले दुई पटक विभागको नेतृत्व गरिसकेका छन् ।

सोही मन्त्रीस्तरीय निर्णयअनुसार सिंहलाई विभागको जिम्मेवारी तोकिएपछि निर्वतमान महानिर्देशक जिबछ मण्डललाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरिएको छ । मण्डल २०८० माघ २२ गते विभागको महानिर्देशक नियुक्त भएका थिए । करिब ६ महिना उनी उक्त जिम्मेवारीमा रहे ।

१७ गतेकै मन्त्रीस्तरीय निर्णयले जल तथा ऊर्जा आयोगका सहसचिव चिरञ्जीवी चटौतलाई नीति महाशाखामा सरुवा गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । मण्डलअघि विभागको महानिर्देशकको जिम्मेवारी चटौतले सम्हालेका थिए ।

सिंहले पहिलो पटक २०७३ असोज १७ गतेदेखि २०७५ पुस १६ गतेसम्म विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि जल तथा ऊर्जा आयोगमा सरुवा भएका उनी करिब २ वर्ष कोशी प्रदेशका सचिवको भूमिकामा रहेका थिए । पछिल्लो समय उनलाई मन्त्रालयको अति महत्त्वपूर्ण मानिने नीति महाशाखाको जिम्मेवारी तोकिएको थियो ।

त्यस्तै, २०४१ सालमा कञ्चनपुरको महेन्द्रनगरस्थित बैजनाथ माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका चटौत २०५२ सालमा इन्जिनियरबाट सरकारी सेवा प्रवेश गरेका थिए । उनले महेन्द्रनगरकै सिद्धनाथ साइन्स क्याम्पसबाट आइएस्सी उत्तीर्ण गरी भारतबाट इलेक्ट्रिक इन्जिनियरिङमा स्नातक र जलस्रोत विकासमा रुड्की विश्वविद्यालयबाट स्नातकोत्तर गरेका हुन् ।

शुरूमा भूमिगत सिँचाइका क्षेत्रमा काम गरेका उनी २०६१ सालमा विभागमा प्रवेश गरी ( वर्षसम्म विभिन्न पद हुँदै उपमहानिर्देशकसम्मको जिम्मेवारी सम्हालेका थिए । उनले विभागमै रहँदा ३ वर्ष पञ्चेश्वर विकास प्राधिकरणको कार्यकारी सञ्चालकको जिम्मेवारी समेत सम्हालेका थिए ।

यसैगरी, २०५३ साल मंसिरमा विभागको इन्जिनियरबाट सरकारी सेवा प्रवेश गरेका मण्डल २०७१ साल माघमा सहसचिवमा बढुवा भएका थिए । विभागको जिम्मेवारीमा प्रवेश गर्नुपूर्व मण्डलले १ वर्ष जनकपुर चुरोट कारखानामा इलेक्ट्रिकल सेक्सन इन्चार्ज र पश्चिमाञ्चल क्षेत्रीय क्याम्पस पोखरामा इलेक्ट्रिकल इन्जिनियरिङ विभाग अन्तर्गत उप–प्राध्यापक भएर जिम्मेवारी पूरा गरेका  थिए ।

मण्डलले कोलम्बो प्लान अन्तर्गत अलिगड मुस्लिम विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक र रुड्की विश्वविद्यालयबाट जलविद्युत् तथा व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३