विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८७१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६४६९ मे.वा.घन्टा
  • आयात : २२११ मे.वा.घन्टा
  • निर्यात : ४६६८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४५१५३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २११७ मे.वा.
२०८३ ब‌ैशाख १७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । आइएमई ग्रुप्सद्वारा प्रवर्द्धित आइएमई इलेक्ट्रिकले चाडपर्वमा सय बढी युनिट राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ । ग्रुप्सले दशै  तिहारकाे अवसरमा उक्त स्कुटर  बिक्री गरेकाे हाे । 

राफ्ट मोटर्समा ६ वटा भन्दा बढी मोडलका इलेक्ट्रिक स्कुटरहरू रहेको आइएमई इलेक्ट्रिकका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले बताए । उनका अनुसार यो स्कुटर एकपटक चार्ज गर्दा ३ सय २० किलोमिटरसम्म पुग्न सकिन्छ । 

मुल्य र किलोमिटर दायराको सन्दर्भमा उत्कृष्ट संयोजना भएकाले यस स्कुटरको मुल्य १ लाख ९९ हजार रहेको छ । उचित मूल्य, धेरै राम्रो,  विश्वसनीयता र धेरै आकर्षक लुक्सका कारण नेपालमा छोटो अवधिमा पनि अत्यन्त लोकप्रिय बन्न पुगेको छ । 

पेट्रोल स्कुटरको तुलनामा राफ्ट इलेक्ट्रिक स्कुटर चलाउन प्रति किलोमिटर ३० पैसाभन्दा कम खर्च हुने जनाएको छ । तीन वर्ष भित्र उपभोक्ताले करिब २ लाख ५० हजार बचत गरि व्यावहारिक रूपमा स्कुटरको लगभग पूरा लागत फिर्ता हुने सम्भावना रहने पनि आइएमईले जनाएको छ ।

 यस इलेक्ट्रिक स्कुटरमा फायरपु्रफ ब्याट्री, रिभर्स गियर, हाईट एडजसटेबल शोक्क अब्सोर्बर्, मल्टी मोड्स अफ ड्राईभिङ्ग, द्रुत चार्जको लागि १० एम्प चार्जर, राम्रो सुरक्षाको लागि बाक्लो बडी, कि–लेस स्टार्ट, डीआरएल हेडलाइट, थेफ्ट अलार्म, डिजिटल डिस्प्ले, रिमोट लकिङ, अटोमेटिक चार्जर कट–अफ, इन्डिकेटर बज्जर, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पोर्टेबल ब्याट्री र अन्य धेरै सुविधाहरू उपलब्ध छन् ।

बिक्री, सेवा र स्पेयर पार्ट्सका साथ आइएमई इलेक्ट्रिकले सक्रिय रूपमा आफ्नो नेटवर्क विस्तार गर्दै आएको छ । यसका अहिले नेपालमा १० भन्दा बढी डिलर छन् ।

आइएमई अटोमोबाइल कम्पनीको इलेक्ट्रिक भेहिकल डिभिजन, आइएमई इलेक्ट्रिकले नेपालमा राफ्ट इलेक्ट्रिक दुई पाङ्ग्रे सवारीसाधन बिक्री गर्न थालेको छ  र निकट भविष्यमा चारपाङ्ग्रे यात्रुवाहक कार र व्यावसायिक सवारी साधनहरू पनि विस्तार गर्ने महत्वाकांक्षी योजनाहरू रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३