विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपालमा पेट्रोलियम पदार्थको मूल्य पुन बढाएर पठाएको छ । आईओसीले असार २ गते (बिहीबार) पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएर पठाएको हो ।

आइओसीले पठाएको मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ६.५२ रुपैयाँ, डिजेल/मट्टितेलमा १९.३ रुपैयाँ र हवाई इन्धनमा १९.९१ रुपैयाँ बढाएर पठाएको निगमले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ ।

नयाँ मूल्य अनुसार पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ३१.२८ रुपैयाँ, डिजेल/मट्टितेलमा ३७.१६ रुपैयाँ र हवाई इन्धनमा २.७० रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । अब, पेट्रोलको खरिद मूल्य १८४.५२, डिजेलको १८४.०३ रुपैयाँ र हवाइ इन्धन (आन्तरिक) १८५.९१ रुपैयाँ पुगेको छ । 

खरिद मूल्य बढेरसँगै आगामी १५ दिनमा ४ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने निगमको प्रक्षेपण छ । हवाई इन्धन (बाह्य) र मट्टितेलमा भने सामान्य नाफा रहेको निगमले जनाएको छ ।

भारतले गत जेठ २ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको थियो । भारतबाट बढेर आएसँगै नपालमा पनि फेरी पेट्रोलियम पदार्थको मूल्य बढ्ने संकेत देखिएको छ । तर, निगमले यस सम्बन्धि कुनै निर्णय भने गरेको छैन् । निगमले गत जेठ २६ गते मात्र पेट्रोलियम पदार्थको मूल्य बढाएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit