विद्युत अपडेट

  • प्राधिकरण : ९५९५ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५००० मे.वा.घन्टा
  • आयात : ५९८२ मे.वा.घन्टा
  • निर्यात : १८९४ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५२८४२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २५७४ मे.वा.
२०८२ जेठ २८, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ट्रेन्डिङ

काठमाडौं । पर्यटन क्षेत्रका श्रमिकहरूले गठबन्धन सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा गरेको चर्को मूल्य वृद्धि तत्काल फिर्ता नगरे सडक संघर्ष गर्ने चेतावनी दिएका छन् । पर्यटन क्षेत्रका श्रमिक संगठनहरू नेपाल ट्रेकिङ  ट्राभल्स र्याफ्टीङ एयरलाएन्स श्रमिक यूनियन (युनिट्राभ) र नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियन (नेस्वहोमयू) ले विज्ञप्ति जारी गरेर इन्धनमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । 

‘ईन्धनमा भएको मूल्य वृद्धिसँगै सार्वजनिक यातायात लगायत मानवीय आधारभूत आवश्यकताका दैनिक उपभोग्य सामानहरूमा स्वतः मूल्य बृद्धि हुने भएकोले सर्वसाधारण र विशेष गरी पर्यटन क्षेत्रमा काम गर्ने लाखौं श्रमिकहरूप्रतिको बाँच्न पाउने मौलिक अधिकारलाई सरकारद्वारा कुण्ठित गरिएको छ’ विज्ञप्तिमा भनिएको छ,  ‘सरकारले अहिले गरेको बाहानाबाजी र जस्तो सुकै तर्कहरू पेश गरे पनि श्रमिकमारा निर्णय तत्काल फिर्ता लिनु पर्दछ ।’

श्रमिक संगठनहरूले चेतावनी दिंदै भनेका छन्, ‘सरकारी उच्च अधिकारी तथा निगम अधिकारीबाट हुने ईन्धन दुरुपयोग र अन्य चुहावट व्यवस्थापनमा सुधार एवं ईन्धन आपूर्तिका लागि सस्तो बजारहरूको विकल्पको खोजि गर्नु पर्नेमा सम्पूर्ण भार जनता र हाम्रा लाखौं पर्यटन श्रमिकहरूको टाउकोमा बोकाउने गरि गरिएको मूल्य बृद्धि फिर्ता लिन अपिल गरेको जनाइएको छ । अन्यथा सडक संघर्षमा जानुपर्ने श्रमिकहरूको बाध्यतालाई सरकारले किमार्थ रोक्न नसक्ने विज्ञप्तीमा उल्लेख छ । 

‘हाल सालै मात्र कोभिड १९ ले पर्यटन क्षेत्र र यस क्षेत्रका श्रमिकहरू माथि पारेको गभिर असर सकिन नपाउँदै असार ५ गते राति १२ बजेदेखि लागु हुनेगरी मूल्य वृद्धि भएपछि डिजेल र मट्टितेल प्रलिलिटर १ सय ९२ रुपैया र पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैया निर्धारण गरिएको छ ।

मूल्य बृद्धि पछिपनि नेपाल आयल निगमलाई मासिक ४ अर्ब ७० करोड घाटा हुने मिथ्या देखाएर भविष्यमा अझै बढ्न सक्ने संकेत गर्दै वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले ईन्धनको मूल्य बृद्धि गर्नुमा बाध्यता भएको बताउनु दुःखद रहेको श्रमिक संगठनहरुको भनाइ छ ।

रसिया–युक्रेन युद्धलाई कारण देखाएर अन्य विकल्पहरूको उपयोग नै नगरी निगम सञ्चालक समितिले ईन्धनमा गरेको मूल्यवृद्धिले नेपाली जनजीवन लगायत पर्यटन क्षेत्रका सम्पूर्ण श्रमिकहरूलाई चौतर्फी असर पारिरहेको भन्दै तत्काल फिर्ता लिन उनीहरूले माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३