काठमाडौँ । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले डिजल र पेट्रोलको मूल्य आइतबारदेखि घटाएको हो ।
नयाँ मूल्य सूचीअनुसार पहिलो वर्गमा पेट्रोल १६२.५० रुपैयाँ तोकिएको छ । दोस्रो वर्गमा १६४ र तेस्रो वर्गमा १६५ मा कारोबार हुनेछ ।
डिजेलको मूल्य पहिलो वर्गमा १४९.५० रुपैयाँमा कारोबार हुनेछ । यस्तै, दोस्रोमा १५१ र तेस्रो वर्गमा १५२ रुपैयाँ कायम गरेको छ ।