विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ९, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
इपानको २२औँ वार्षिक साधारणसभा

वरोधहरू तोडौँ, स्वदेशी लगानीको प्रर्वद्धन गरौं’ भन्ने नारासहित मनाउन लागिएको यस साधारणसभाले ऊर्जा क्षेत्रमा लगानी आकर्षण, प्रवर्द्धन र विस्तारका निम्ति प्रेरकको भूमिका खेल्ने छ । नेपालको निजी क्षेत्रले जलविद्युत् उत्पादनमा व्यापारिक र व्यवसायिकरूपमा काम गर्न थालेको साढे दुई दशक पूरा भएको छ ।

नेपालमा ऊर्जा उत्पादन सुरु भएको ११३ वर्ष पुगेको छ । १९६८ साल जेठ ९ गते पहिलोपटक फर्पिङ जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन भएको थियो । यस अवधिमा ३२ सय मेगावाट ऊर्जा उत्पादन भएको छ, यसमध्ये निजी क्षेत्रबाट २४ सय मेगावाट ऊर्जा उत्पादन भएको छ । देशको विकास र समृद्धिको यात्रामा यो निकै ठूलो उपलब्धि हो ।

कुनै बेला दैनिक १६ घन्टाको चरम लोडसेडिङको अवस्थामा रहेको मुलुकमा अहिले वर्षायाममा विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको छ । यसमा पनि निजी क्षेत्रको भूमिका प्रशंसनीय छ । अहिले निजी क्षेत्रले ३ हजार मेगावाट क्षमताका आयोजना निर्माण गरिरहेको र करिब २० हजार मेगावाट बराबरका आयोजना निर्माणको विभिन्न चरणमा छन्, यसले समेत निजी क्षेत्रको ऊर्जा विकासको भूमिका र महत्त्वलाई दर्शाएको छ ।

हामीले छिमेकी राष्ट्र भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि दीर्घकालीन सम्झौता गरेका छौँ । त्यसैगरी, भारतको ग्रीड लाइन हुँदै बंगलादेशसँग विद्युत् व्यापार गर्ने सम्झौतामा समेत हस्ताक्षर भएको छ । यो नेपालको जलविद्युत् क्षेत्रको इतिहासमा मात्र नभएर समृद्धिको यात्रा सङ्कल्प र अभियानका दृष्टिले समेत ऐतिहासिक सफलता हो, ऐतिहासिक उपलब्धि पनि ।

यो बिजुली निर्यातको दीर्घकालीन सम्झौता ऊर्जा विकासका लागि कोशेढुंगा सावित हुने विश्वास लिइएको छ । ऊर्जा विकासका लागि नयाँ–नयाँ ढोका खुलेका छन् । छिमेकी मुलुक भारतमात्र होइन, अर्को छिमेकी बंगलादेशले समेत नेपालको बिजुली आयात गर्ने गरी प्रक्रिया अगाडि बढाइसकिएको छ । नेपाल विद्युत् आयात गर्ने मुलुकबाट विद्युत् निर्यात गर्ने मुलुकमा रूपान्तरित भएको छ । यो इतिहासकै महत्वपूर्ण फड्को हो ।

छिमेकी मुलुकहरूमा बिजुली निर्यातका लागि मात्र होइन, स्वदेशभित्रै खपतका बढाउनसमेत धेरै योजना र कार्यक्रम अघि बढाइएको छ । पेट्रोलियम पदार्थको आयात घटाउँदै जाने र विद्युतीय उपकरण र सवारीलाई प्रोत्साहन गरी विद्युत्‌काे खपत बढाउँदै जाने सरकारको योजना छ । तसर्थ, देशको विकास र समृद्धिका निम्ति सबैभन्दा महत्त्वपूर्ण र सम्भावनायुक्त क्षेत्र विद्युत् नै हो भन्ने वैचारिक स्पष्टताका साथ सरकारले काम गरिरहेको छ ।

आन्तरिक खपत तथा निर्यातका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष ऊर्जा उत्पादन नै हो । यसका लागि लगानी र निर्माण गर्ने वातावरण महत्त्वपूर्ण हुन्छ । भर्खरै तेस्रो लगानी सम्मेलन सम्पन्न भयो, यसले पनि लगानी भित्र्याउन स्वदेशी, विदेशी लगानीकर्तामाझ सकारात्मक सन्देश प्रवाह गरेको छ ।

लगानी प्रवर्द्धनमा बाधक देखिएका ऐनहरू अध्यादेशमार्फत संशोधन गरिएको हुँदा अब लगानीका लागि विधा राख्नुपर्ने परिस्थितिको अन्त्य भएको छ । यस क्रममा निजी क्षेत्रले उठाउँदै आएका कतिपय मागहरू सम्बोधन भएका छन् । बाँकी मागहरूलाई समेत क्रमशः सम्बोधन गरिने छ ।

वर्षामा बिजुली खेर जाने समस्याबारे कुरा उठिरहेको छ । विष्फोटक पदार्थको समस्या पनि आएका छन् । बाढी–पहिरोबाट प्रभावितलाई सहुलियतमा भएको ढिलाइबारे पनि कुरा गरिएको छ । विभिन्न कारणले आयोजनाको व्यापारिक उत्पादन मिति पछाडि सरेको र यसको म्याद थपबारे समेत बहस भइरहेको छ ।

निजी क्षेत्रलाई बिजुली व्यापारमा संलग्न गराउने कुरा पनि महत्त्वपूर्ण छ । यावत कुराहरूमा सरकारको ध्यान गएको छ । मैले यसलाई गम्भीररूपमा लिएको छु । सम्बन्धित निकायहरूसँग आवश्यक परामर्श गरी के–कति सम्बोधन गर्न सकिन्छ, सरकारको तर्फबाट त्यसका लागि पहल गरिने छ ।

सरकार निजी क्षेत्रको प्रवद्र्धनकै पक्षमा छ । नीतिगत, कानुनी, संस्थागत, संरचनागत र कार्यशैलीमा देखिएका समस्या समाधान गर्ने काममा लागेको छ । अब अझ दृढताका साथ लाग्ने छ । भर्खरै सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेत निजी क्षेत्रलाई पर्याप्त सम्बोधन गरिएको छ । अब हाम्रो ध्यान नीति तथा कार्यक्रम अनुरूपको बजेट निर्माणमा छ । यसपटकको बजेटले नीति तथा कार्यक्रमको लक्ष्य र प्राथमिकतालाई केन्द्रमा राख्ने छ ।

अतः निजी क्षेत्रले ढुक्क भएर ऊर्जा विकासमा लगानी गर्न सक्ने वातावरण बनेको छ । लगानीको संरक्षण, समन्वय, सहजीकरण र सहायताका लागि सम्भव सहयोग गर्दै जानेछ । साथै, ऊर्जा क्षेत्रमा लगानी प्रोत्साहन तथा प्रवर्द्धनका निम्ति सरकारले लिएका नीतिहरूको प्रभावकारी सम्प्रेषण गर्न र आयोजना निर्माणमा थप तीव्रता दिन महत्त्वपूर्ण प्रेरणा प्रदान गरिने छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले २०८१, जेठ ४ गते सम्पन्न स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को २२औँ वार्षिक साधारणसभाका क्रममा व्यक्त विचारको सम्पादित अंश ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३