विद्युत अपडेट

  • प्राधिकरण : ८९२९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५७३१ मे.वा.घन्टा
  • निजी क्षेत्र : १९४५६ मे.वा.घन्टा
  • आयात : ५०२४ मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : १६५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०७९० मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : १९४९ मे.वा.
२०८२ जेठ ६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । मकवानपुरको भीमफेदी गाँउपालिका–८ इपा, दोभानस्थित बागमती नदीमा सञ्चालन हुँदै आएको मान्डु जलविद्युत् केन्द्रले विद्युत् उत्पादन क्षमता बढाएर ३२ मेगावाट पुर्‍याउने भएको छ । यसअघि यो जलविद्युत् केन्द्र २२ मेगावाट क्षमतामा सञ्चालन हुँदै आएको थियो । 

मान्डु हाइड्राेपावर लिमिटेडले कुल ४ अर्ब १ करोड ९४ लाख रुपैयाँको लगानीमा निर्माण पूरा गरी २०७५ सालदेखि विद्युत् उत्पादन गर्दै आएको यस जलविद्युत् केन्द्रको विद्युत्‌गृह, पेनस्टक पाइप, हेडरेस पाइप, बाँधसहितका संरचनामा २०८१ असोज ११ र १२ गते आएको भीषण बाढीले क्षति पुर्‍याएपछि  भने विद्युत् उत्पादन ठप्प भएको थियो ।

बाढीले झण्डै १ अर्ब रुपैयाँ बराबरको भौतिक संरचना क्षति पुर्‍याएपछि केन्द्रलाई पुननिर्माण गरी सञ्चालनमा ल्याउनु कम्पनीका लागि निकै ठूलो चुनौती बनेको थियो । यद्यपि, हालसम्म कम्पनीको ६० प्रतिशत संरचनाको पुननिर्माण सकिएको र वैशाख अन्तिमदेखि पुन:निर्माण सम्पन्न इसकेका युनिटबाट विद्युत् उत्पादन सुरु गर्ने तयारी भइरहेको कम्पनीका वित्त निर्देशक सबल प्रधानले ऊर्जा खबरसँग बताए ।

‘सबै संचरनाको निर्माण पूरा गरिसक्न अझ केही महिला लाग्ला,’ उनले भने, ‘मुख्य संरचना पुननिर्माण भएका युनिटबाट वैशाख अन्तिमदेखि विद्युत् उत्पादनको तयारी गरेका छौँ ।’ 

१० मेगावाटको छुट्टै युनिट

कम्पनीले हालको विद्युत् गृहकै छेउमा अर्को विद्युत्गृह निर्माण गरी १० मेगावाटको छुट्टै युनिट सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको पनि प्रधानले बताए । ‘यसका लागि हामीले विद्युत् विकास विभागबाट विद्युत् उत्पादन अनुमति पाइसकेका छौँ, यसको विद्युत् व्यापार सम्झौता (पिपिए) पनि भइसकेको छ,’ उनले भने, ‘यसको बाँकी काम सुरु गरिने छ, यो युनिट सञ्चालनमा आएपछि आयोजनाको क्षमता ३२ मेगावाट पुग्ने छ ।’

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३