विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजना ५८ प्रतिशत पूरा भएको छ । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत रसुवा र नुवाकोटको सीमामा निर्माणाधीन आयोजनाको आधाभन्दा बढी काम सम्पन्न भएको हो ।

कोरोना (कोभिड–१९) महामारीका कारण लामो समय थलिएको आयोजनाको निर्माणले अहिले भने गति लिएको छ । प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनीले २०८० (सेप्टेम्बर २०२३) भित्र सम्पन्न गर्ने गरी आयोजनाको निर्माणलाई गति दिएको हो ।

२०७६ माघ दोस्रो साता नयाँ वर्ष मनाउन घर गएका चिनियाँ कामदारहरू कोभिड-१९ महामारीका कारण फर्कन नसक्दा एवं चीनबाट आउने उपकरण तथा सामाग्री बिच बाटोमा रोकिँदा आयोजनाको निर्माण १५ महिनासम्म पूर्णरूपमा ठप्प हुन पुगेको थियो । २०७७ को चैतबाट काम सुचारु भएकोमा कोभिड–१९ को दोस्रो र तेस्रो लहरका कारण पनि करिब ३ साता काम पुनः प्रभावित हुन पुगेको थियो । साथै, मुख्य सुरुङमा अनुमानभन्दा ज्यादै कमजोर चट्टान फेला परेका कारण निर्माण प्रभावित भएको थियो ।

ठेकेदार चिनियाँ कम्पनी सुइफा एएनएचइ ग्रुप कम्पनी, लिमिटेले अहिले इन्टेक, मुख्य सुरुङ, विद्युतगृह लगायतका मुख्य संरचना निर्माण गरिरहेको छ । आयोजनाको ३८ सय ८ मिटर लामो मुख्य सुरुङमध्ये २८ सय ६५ मिटर खनेर सकिएको कम्पनीका प्रबन्ध–सञ्चालक मोहन प्रसाद गौतमले बताए ।‘सुरुङमा धेरै काम भएको छ । सतही विद्युतगृह खन्ने कार्य सम्पन्न भई संरचनाहरूको कंक्रिटिङ सुरु भएको छ’, उनले भने, ‘इलेक्ट्रोमेकानिकल उपकरण र पार्ट्सको जडान गर्दै पहिलो चरणको कंक्रिटिङ आउँदो जेठसम्म सक्ने लक्ष्यकासाथ काम भइरहेको छ ।’

उनले चीनसँगका भन्सार नाकाहरू पूर्ण रुपमा नखुल्दा ठेकेदार कम्पनीले खरिद गरिसकेका तथा खरिद आदेश दिई उत्पादन र प्याकेजिङको चरणमा रहेका निर्माण उपकरण तथा सामाग्रीहरु ढुवानी गरी निर्माणस्थलसम्म छिट्टै आइपुग्ने बताए । उनले केरुङ नाकामा लामो समयदेखि छुटाउन नसकिएका इलोक्ट्रोमेकानिकल उपकरण ऊर्जा र परराष्ट्र मन्त्रालयको पहलपछि ल्हासास्थित महावाणिज्य दूतावासको सहयोगले अब छिट्टै भन्सार नाकाबाट छुट्ने जानकारी पाएको बताए ।

इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी ) मोडेलमा आयोजना निर्माणका सुइफा एएनएचई ग्रुप कम्पनीसँग २९ माघ २०७४मा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण,जडान तथा संचालन गर्नेछ । 

नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाको क्यास्केड आयोजना भएकाले माथिल्लो त्रिशूली ३ बीले बाँध, बालुवा थिग्रायाउने पोखरी (डिसेन्डर) लगायतका संरचनाबनाउनु पर्ने छैन । माथिल्लो त्रिशूली ३ एको विद्युतगृहबाट विद्युत उत्पादन पश्चात निस्किएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ । उत्पादित विद्युत हाल सञ्चालनमा रहेको समुन्द्रटार-त्रिशूली ३ वीहब प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ । 

सेयरबापतको बाँकी रकम चाँडै संकलन 

आयोजनाको प्रवर्द्धक कम्पनीले जनताको जलविद्युत काार्यक्रमअन्तर्गत निश्कासन गरेको सेयर बापतको बाँकी रकम छिट्टै संकलन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता सेयर निश्कासन गरी प्रति सेयर एक सय रुपैयाँ अङकित मूल्यको न्युनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो । 

जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ सेयर वापत चुक्ता गर्न बाँकी रकम आयोजनाको ५० प्रतिशत भौतिक प्रगति र कम्पनीका संस्थापक समूहका सेयरधनीले लिन कबुल गरेको सेयर वापतको रकम सबै चुक्ता गरेपछि मात्र भुक्तानी माग गर्नु पर्ने व्यवस्था छ । 

‘कार्यविधिमा भएको व्यवस्था पूरा भइसकेकोले सेयरधनीले चुक्ता गर्न बाँकी ९० रुपैयाँ संकलनका लागि छिट्टै आह्वान गरिने छ साथै सर्वसाधारण समूहमा रहेका अन्य सेयर पनि  निष्काशन प्रक्रिया अघि बढाइने छ’, गौतमले भने ।  

आयोजनाको प्रवद्र्धकमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ । 

अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड रुपैयाँ रहेको आयोजनाको  निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको छ । आयोजनामा ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ । आयोजनाबाट सुख्खायाममा ( मंसिर १६ देखि जेष्ठ १५सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा ( जेष्ठ १६ देखि मंसिर १५ सम्म)े १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३