विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले नेपाल हरित अर्थतन्त्र (ग्रिन इकोनोमी) मा जान ढिलो इसकेको बताएका छन् । उनले विश्वका धेरै देश हरित अर्थतन्त्रको विकासमा अघि बढिसकेको भन्दै नेपालले अब थप ढिलो गर्नु नहुने बताए । यसका लागि सरकारले नीति तथा कार्यक्रम बनाउँदा हरित अर्थतन्त्रीलाई प्राथमिकता दिनुपर्ने बताए ।

राजधानीमा बुधबार भएको 'हाइड्रो डायलग' कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले अब नेपालमा हरित अर्थतन्त्र र हरित आर्थिक विकासबारे बहस तथा छलफल गरी नीति बनाएर अघि बढ्नुको विकल्प नभएको बताए ।

उनले नेपालमा पर्याप्त स्रोत उपलब्ध रहे पनि सरकारले आर्थिक विकासमा स्रोतको व्यवस्थित सदुपयोग गर्न नसक्दा समृद्धिको चाहना पूरा गर्न नसकिएको बताए ।

नेपालसँग आफूसँग भएको जलस्रोतको भरपूर प्रयोग गर्नुभन्दा पनि पेट्रोलियमको आयातमा रमाइरहेको स्वीकार गरे ।

‘पेट्रोलियम पदार्थको आयात गरिरहेका छौ,’ उनले भने, ‘नेपालसँग भएका स्रोतहरुको प्रयोग भइरहेको छैन । जुन देशले आफूसँग भएका स्रोतको सही ढङ्गले अप्टिमम प्रयोग र सदुपयोग गर्न सक्दैन । त्यो देशमा समृद्धिको यात्रामा प्रभाव पर्छ । नेपाल जलस्रोतको धनी देश भनिरहेका छौँ ।’ मन्त्री बस्नेतले नेपाल ग्रिन अर्थतन्त्रमा जान आवश्यक नीति तथा कार्यक्रमहरु बनाउन ढिला गर्नुनहुने बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit